काठमाडौंमा रास्वपाको प्रदर्शन (तस्विरसहित)

अनिल पोख्रेल
९ कार्तिक २०८१ १४:०५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं केन्द्रित प्रदर्शन शुरु भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन शुरु गरेको हो।

रास्वपाले आज अपराहन्ह १ बजेदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन शुरु गरेको छ। प्रदर्शनका क्रममा रास्वपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन। स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए। तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन्।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *