इरानका लागि जासुसी गरेको आरोपमा सैनिकसहित ७ इजरायली पक्राउ

डिसी नेपाल
९ कार्तिक २०८१ १५:४१

काठमाडौं । इरानका लागि जासुसी गरेको आरोपमा इजरायलमा ७ इजरायली नागरिक पक्राउ परेका छन् । टाइम्स अफ इजरायलका अनुसार उनीहरूलाई दुई वर्षसम्म इरानका लागि जासुसी गरेको र सयौं काम गरेको आरोप लगाइएको छ।

इजरायलका एक प्रहरी प्रवक्ताका अनुसार यो सबैभन्दा गम्भीर घटना मध्ये एक हो। यसका लागि उनलाई मृत्युदण्ड हुन सक्छ। यी सबै अभियुक्त हाइफा वा उत्तरी इजरायलका बासिन्दा हुन्। यसमा केही वर्षअघि सेनाबाट भागेका सिपाही पनि पर्छन्। यसबाहेक १६–१७ वर्षका दुई नाबालिग पनि अभियुक्तमा छन् । उनीहरुको परिचय भने खुलाइएको छैन ।

उनीहरूले दुई वर्षमा करिब ६०० मिसन पूरा गरेको अधिकारीहरूले बताएका छन्। आरोपितहरूले पैसाको लोभमा इरानका लागि गुप्तचर सूचना सङ्कलन गर्ने गरेको उनको भनाइ छ । उनीहरुले इरानलाई इजरायलको सैन्य अड्डा र आणविक हतियार र गोलाबारुदको जानकारी दिएका छन् । उनीहरुले दिएको जानकारीका आधारमा इरानले इजरायलका धेरै ठाउँमा आक्रमण पनि गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *