हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी

डिसी नेपाल
९ कार्तिक २०८१ १८:०६

काठमाडौं। आगामी भ्याम्पायर कमेडी चलचित्र ‘थम्बा’ मा खलनायकको भूमिकामा नवाजुद्दीन सिद्दिकीलाई समावेश गरिएको छ।

आयुष्मान खुराना र रश्मिका मन्डन्ना अभिनीत यो फिल्म निर्माता दिनेश विजनको हरर कमेडी सिरिजको एक हिस्सा हो। यो खबर यस्तो बेला आएको हो जब गत महिना आयोजनाको नाम ‘भ्याम्पायर्स अफ विजय नगर’ बाट ‘थाम्बा’ राखिएको थियो।

फिल्म ‘थाम्बा’ मा नवाजुद्दीन सिद्दिकीको चरित्रलाई विलक्षण र हिंस्रकको रूपमा वर्णन गरिएको छ, जो प्राचीन विजयनगर साम्राज्यको हो। रिपोर्टहरूका अनुसार, नवाजुद्दीनको खलनायकको चरित्र शताब्दीयौं पहिले बाँचेको विलक्षण, तर हिंसात्मक चरित्रको रूपमा परिकल्पना गरिएको छ। उनी बदला लिन र दुई मुख्य पात्रहरूको भाग्य नियन्त्रण गर्न वर्तमानमा यात्रा गर्छन्।

‘थाम्बा’का मुख्य कलाकारहरुले आ-आफ्नो भूमिकाको तयारी सुरु गरेका छन्। रश्मिका मन्डन्नाको लुक टेस्ट गत महिना भएको थियो भने खुरानाको बिहीबार भएको थियो । आदित्य सरपोतदारले निर्देशन गरेको यो फिल्मको शुटिंग नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरुमा हुने बताइएको छ। पहिलो दुई हप्ताको कार्यक्रम मुम्बईमा रात्रि शिफ्टबाट सुरु हुनेछ, त्यसपछि जनवरीमा दिल्लीमा र दक्षिण भारतमा अन्तिम शुटिङ हुनेछ।

नवाजुद्दीन धेरै फिल्ममा खलनायक बनेका छन् २०१५ को बदलापुर, २०१७ को मुन्ना माइकल, २०१४ को किक र २०१९ को पेट्टामा खलनायकको भूमिका निर्वाह गरेका नवाजुद्दीन सिद्दिकीका लागि यस फिल्ममा भिलेनको भूमिका खेल्नु रोमाञ्चक चुनौती हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *