भारतलाई हराउदै अफगानिस्तान इमर्जिङ कप टी-२० को फाइनलमा

डिसी नेपाल
१० कार्तिक २०८१ ११:२९

काठमाडौँ । ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत ए माथि २० रनको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

अफगानिस्तान ए ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनाएपछि खेल २० रनले हारेको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २६ रन बनाएको थियो ।

जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा पुगेको छ । त्यस्तै यस अघिको सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गर्दिया फाइनलमा पुगेको थियो ।

अब फाइनलमा अफगानिस्तान ए र श्रीलंका ए आइतवार भिड्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *