हारबाट जोगियो अल नासर

काठमाडौँ । अल नासर साउदी प्रो लिग अन्तर्गतको खेलमा अल खोलूदसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा अल नासर अल खोलूदसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
अल नासरलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा टालिस्काले पेनाल्टीबाट गोल गर्दै हारबाट जोगाएका थिए । उनले यस खेलमा २ गोल गरेका थिए भने आयमेरिक लापोर्टाले एक गोल गरेका थिए ।
यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।
त्यस्तै अल खोलूदका लागि मिजाने माओलिदाले २ गोल गरे भने ज्याक्सन मुलेकाएल एक गोल गरेका थिए ।
यो बराबरीपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै अल खोलूदको ८ खेलमा ६अंक भएको छ र लिगमा १४औ स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment