पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला

डिसी नेपाल
१० कार्तिक २०८१ ११:३६

काठमाडौँ । फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लगाई जितेका छन् ।

एम्बाप्पेले पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईमा गएका थिए ।

अब यस विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ ।

पिएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल म्याड्रिड गएका कारण सो रकम नदिने बताउदै आएको थियो ।

एलएफपीले पिएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पिएसजीले यो निर्णयविरुद्ध अपिल गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।

एम्बाप्पेको पक्षमा फैसला आएपछि पिएसजीले भने खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धता समेत पुरा नगरेको दाबि गर्दै अदालतमा विचाराधीन मुद्धाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेको छ । यद्यपि यस विषयमा पिएसजीले अदालत जाने बताएको छ ।

एम्बाप्पे पिएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यसक्रममा उनले पिएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *