एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने

डिसी नेपाल
१० कार्तिक २०८१ १४:०४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ ।

२९ बर्षिय अलराउण्डर इरासमसलाई एनपीएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो ।

इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो ।

काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस

लुम्बिनी लाइन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

जनकपुर बोल्ट्स

– न्यूजील्याण्डका जिम्मी निशाम
– अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज

– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *