जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

डिसी नेपाल
१० कार्तिक २०८१ १४:०८

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।

उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकि जंगलमा हराएका थिए ।

सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *