हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी

डिसी नेपाल
११ कार्तिक २०८१ ८:१६

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले साउथहम्पटनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि सिटीको ९ खेलमा २३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै साउथहम्पटनको भने ९ खेलमा एक अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *