साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले यस सिजनको आठौँ जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
अल हिलालले अल टाओउनलाई २(० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक र सेर्गेज मिलिनकोभिकले एक एक गोल गरेका थिए ।
यो जितपछि अल हिलालको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । अल हिलाल दोस्रो स्थानमा रहेको अल इतिहाद भन्दा ३ अंकले र तेस्रो स्थानमा रहेको अल नासर भन्दा ६ अंकले अगाडी रहेको छ ।
त्यसैगरी अल टाओउनको भने ८ खेलमा ११ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment