मलद्वारमा हालेर १ किलो सुन तस्करी, विमानस्थलमा समातेपछि अपरेशन गरेर निकालियो

डिसी नेपाल
११ कार्तिक २०८१ १२:५८

काठमाडौं । जयपुर एयरपोर्टमा सुन तस्करीको अनौठो घटना बाहिर आएको छ, जसमा एक व्यक्तिले आफ्नो मलद्वारमा एक किलो सुन लुकाएर ल्याएका थिए ।

अबुधाबीबाट आएका महेन्द्र खान नामका व्यक्तिलाई भन्सार विभागले अनुसन्धानका क्रममा पक्राउ गरेको हो । भन्सार अधिकारीहरूले उनलाई अस्पताल लगे, जहाँ डाक्टरहरूले उनको मलद्वारबाट तीन टुक्रा सुन निकाले।

जानकारीका अनुसार राजस्थानको बेवार जिल्लाको सरगाउँ गाउँका महेन्द्र खान इतिहाद एयरवेजको विमानबाट अबुधाबीबाट जयपुर पुगेका थिए । महेन्द्र खानले गोप्य भागमा लुकाएर सुन ल्याएको जानकारी भन्सार अधिकारीलाई प्राप्त भएको थियो ।

विमानस्थलमा एक्स-रे स्क्यान गर्दा उनको शरीरभित्र केही क्याप्सुलजस्तो आकार देखियो । त्यसपछि अधिकारीहरुले उनलाई हिरासतमा लिएर सोधपुछ गरेका थिए । त्यसपछि भन्सार अधिकृतले महेन्द्रलाई जयपुर विमानस्थल नजिकै रहेको जयपुरिया अस्पतालमा लगे जहाँ चिकित्सकले शल्यक्रिया गरी मलद्वारबाट तीन टुक्रा सुन निकाले ।

भन्सार अधिकारीले महेन्द्र खानलाई सोधपुछ गर्दा उनले स्थानीय प्यारामेडिकल स्टाफको सहयोगमा आफ्नो गोप्य भागमा सुन लुकाएको खुलासा गरेका थिए । महेन्द्रको मलद्वारबाट बरामद भएको सुनको तौल एक किलोभन्दा बढी थियो, जसको अनुमानित मूल्य करिब ९० लाख रुपैयाँ रहेको बताइएको छ । तस्करीको यो घटनामा महेन्द्रले विमानस्थलमा अनुसन्धानका क्रममा भाग्न सक्ने गरी शरिरमा सुनको क्याप्सुल हालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *