अफगानिस्तानले जित्यो इमर्जिङ टिम्स एशिया कपको उपाधि

डिसी नेपाल
१२ कार्तिक २०८१ ७:०६

काठमाडौं। अफगानिस्तानले इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।

ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो।

शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १३३ रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *