शंकरप्रसाद रिजालका तीन कविता
गुण र दोषको परिणाम
रंग पातमा छैन ,फलै हो रंग चुनने
मानिस रुपले होइन ब्यबहारले हो चिनने
अज्ञानी ज्ञानीले चिन्ने, ज्ञानी बुद्धि बिबेकले
बुद्धि प्राज्ञले चिन्ने प्राज्ञले मन जितने
फूलमा गुलाबको फूल घरमा ताजमहल
दृष्टिमा बुद्धको आँखा कर्ममा कृष्णको झलक
आँखा मोनालिशाको हेर ज्ञानमा बिदुरको सरी
ज्ञानीको दृष्टिमा हेर सबै देखिन्छन एकै थरी
रुखो बोली झुठो माया रुप राम्रो भएपनि
अरुको नजरमा सधैं आफ्नो आँखा लागेपनि
कसैको प्रिय बन्दैन सौन्दर्य त्यो खुलेपनि
भित्रको रुप पोखिन्छ बाहिर त्यो घुमेपनि
रंगमा छैन केही दोष कालो सेतो जे भएपनि
मूल रंग यही नै हो सृष्टिको सुरुदेखिनै
सेतो शान्तिको बिम्ब कालो कालको भय
उज्यालो सूर्यको बिम्ब अध्यारो कालको डर
संसार भ्रमको खेती आउने जाने निरन्तर
ज्योति टल्किन्छ आँखामा सूर्यको अघिल्तिर
औंसीको रात पोखिन्छ सेतो कालो बनिकन
डरले चन्द्रमा लुक्छिन आफ्नो रुप छोपीकन
रुप देखिन्छ मुद्रामा काया देखिन्छ सो सरी
माया भन्नु केही छैन त्यो जालो भ्रममा परी
जन्मँदा सुरुमा बालक उज्यालो मुख फेर्दै
त्यही बालक बृद्धमा अर्काको मुख हेर्दै
न बालक न युवा बुढा सबै एकै स्वरुपका
देखिने सबका प्यारा एकैनास प्रकृतिका
सच्चा कर्मको धारा बग्नु पर्छ निरन्तर
यही हो भाग्यको सार लाग्नु पर्छ निरन्तर
देखिन्न फूलमा केही मिठो मह र अमृत
भित्र बिजमा हेर कति मिठास र सुन्दर
पातमा रंग भेटिन्न फलेको फूलमा हेर
काँडाको टुप्पोमा हैन हेर त्यो गुलाबको तिर
त्यसैले रंग पातमा हैन फूलै हो रंग चिनिने
रुपले होइन चिनने ब्यबहार नै हो चिनने
कोरा कागज खोष्टा हुन् जहाँ केही नभेटिने
लेखेका प्रेमका बाणी कतैबाट नदेखिने
बिशाल हेर्ने होइन सुक्ष्मको गुण हेर न
शरीर हेर्ने होइन आत्माको बीज हेर न
ज्ञानीको ज्ञान लौ सिक ज्ञानवान बनिकन
आत्माको रुप लौ बुझ कृष्णवाणी बुझिकन
गाई हात्ती र चाण्डाल कुकुर सर्बज्ञ बाहुन
ज्ञानीका दृष्टिमा एकै हुन्छन् बुझ सज्जन
कर्ममा भाग्य चम्किन्छ धर्ममा आफ्नो गुण
बोलीमा मुख चम्किन्छ वाणी त्यो कृष्णको सुन
हँसिलो मुखको बोली सारा आफन्त हसाउँछ
उसको नम्र बोलीले विश्व नै तिल्मिलाउँछ
तिती सत्य मिठो बोली समाज झल्मलाउँछ
त्यो फूलको बोलीले गर्दा आकासै डगमगाउँछ
रगत र पसिना पिउने गरिब देश नेपाल
रगत र पसिना पिउने यो देश नेपाल
आँसुको बर्षातमा भिजिने यो देश नेपाल
रुँदै छोरा छोरीहरु बिमान स्थलमा छोड्नु पर्ने
यो हाम्रो देश नेपाल।
यो नेपाल कति बिशाल, नेपालीलाई भुटानी
शरणार्थी बनाई अमेरिका पठाउने नेताहरुको
देश नेपाल।
प्रत्येक नेताहरुको, दलालहरुको र माफियाहरु,
भ्रष्टचारीहरुले ताजमहल जस्तै घर बनाइ घोडा र
दर्जनौं मोटर गाडी राष्ट्रको ढुकुटी लुटी आफ्नो घर
कमाउण्डमा राख्ने यो देश नेपाल।
कथित प्रजातन्त्र ल्याइ सिंगो नेपालको बिशाल नदीनाला
र बिशाल जंगलका बहुमूल्य काठ भारतमा बेच्ने यो देश
नेपाल।
अहो यो कस्तो नेपाल जहाँ राष्ट्रको लक्ष्मण रेखा नाघी
बिदेशीको पराधीन हुन सक्ने नेताले खचाखच भरिएको
यो देश नेपाल।
जहाँ अझै बिशाल गरीब निमुखा जनता खान बस्न
र एउटा झुप्रोमा बस्न नसक्ने जनताहरु जो सधैं
नैराश्य पूर्ण जीबन बिताइ रहने देश नेपाल।
अहो यो नेपाल कस्तो नेपाल जहाँ जहिलेपनि जस्ताको
त्यस्तै रहिरहने, तमाम भोका नागा गरिबहरु आफ्नै रगत र पसिना पिइ
आफ्नो जीवन गुजारिरहेका नेपालीहरु
अहो यो देश नेपाल कस्तो नेपाल जहाँ राजनीतिको
चौतर्फी गन्ध आइरहने र अर्थ नीतिका मोतीहरु
प्रत्येक दिन जाँतोमा पिसिइरहने र लाल बुजक्कडहरुले
नेपालका मूल मूल कुराहरु पकडमा लिइ नेपालको
विकास गर्ने भनी हुँकार छोडिरहने यो दशस नेपाल।
होला त यसको विकास, होइन भने यो पक्कै अविनास हो
जहां शेर भालुहरु जस्ता नेता कार्यकर्ताले गरीब जनताले
दुई दुई रुपैयाँ गरी जम्मा परेका पैसा सहकारीको नामबाट
लुटी खाई सारा अपराधीहरु फरार रहिरहने र समतिएकालाई
अनेक थुन छेकको नाटक मन्चन गरी सरकार आफैं त्यो रकम
कुम्ल्याउन सफल हुने देश नेपाल।
यो देश नेपाल जहाँ प्रत्येक शासकले राष्ट्रमाथि दोहन गरिएको
देश नेपाल, जहाँ हरेकले हरेकलाई ठगीरहेको देश नेपाल।
जीवनभरी जीविकोपार्जन मै जीवन बिताउने यो देश नेपाल।
अहो यो देश कस्तो नेपाल जहाँ रोजगारीको लागि एक
घण्टापनि रोजगार नपाउने देश नेपाल जहाँ पढेलेखेका
व्यक्तिहरु बेरोजगार भई फोकटको राजनीतिमा लागि
आन्दोलनमा एक एक खुट्टा हातहरु भाच्चिइ टाउको
फोडिने र गोली समेत थाप्नु पर्ने देश यो देश कस्तो देश नेपाल जहाँ जन्मीहुर्की पढीलेखी
युवा भएपछि बिदेसिइ बस्नु पर्ने देश नेपाल।
यो देश नेपाल जहाँ प्रत्येक एक दिनमा अनेक काण्डहरु
मच्चाइ जनताको आशा उमंग र बिकासको धज्जी
उडाउने देशका खुंखार चाण्ड़ालहरुको देश नेपाल।
यो देश नेपाल कस्तो नेपाल जहाँ जनताहरु सधैं
सरकारको झुठो आश्वाशन बोकी बसिरहनु पर्ने देश नेपाल।
यो देश नेपाल जहाँ एनसेल, वाइटबडी, ओम्नी र गिरी बन्धु
भुटानी शरणार्थी र सरकारकै जग्गा नेता नेताहरुको मिलिभगतमा आफू आफू बाँडी चुँडी खाने देश नेपाल।
यो गजबको देश नेपाल जहाँ पचास बर्षदेखि एकै खालका
बिबेक शून्य नेताहरुले निरन्तर शासन गरिरहने देश नेपाल।
यो देस नेपाल जसको दायाँ बाँया बिशाल उन्नतशील देशहरुको
बिचमा रहेरपनि कुनै प्रबिधि र आत्म विकास नभएको देश नेपाल।
यो देश कस्तो देश नेपाल जहाँ स्वदेशका सम्पूर्ण
उद्योग, कलकारखानाहरु कौडीको मूल्यमा भारतमा
बिक्री गरी आफ्नो बिदेशी मुद्राले जनतालाई चाहिने
भएभरका सम्पूर्ण अत्यावश्यक बिदेसबाट मगाई सोख
गर्ने देश नेपाल।
अहो! अब म सक्तिन हेर्न सक्तिन, यो देश नेपाल
लोकतन्त्रको उपहास, गणतन्त्रको पर्दाफास र
त्यसैको गर्भबाट जन्मिएको एक नयाँ निरंकुश
शासन जसले देशलाई अप्रत्यक्ष रुपबाट चुसीचुसी
चास्नीमा डुबिरहेका देशका भ्रष्टाचारीदेखि सारा
जनता वाक्क दिक्क भइ सकेका छन्।
अब दियो बालेर होइन मशाल बालेर देशका भित्रभित्र रग र सिरक ओढेर घिउ खाइ रहेका फटाहा, दुष्ट र अपराधीलाई जरैदेखि उखेली फालेर
नेपाललाई आजैदेखि भ्रष्ट मुक्त र अपराधी मुक्त देश बनाऔं
संसारको सामुन्ने देशलाई उच्च कोटीमा राखौं
नेपालको अश्मितालाई सधैं जोगाई राखौं।
जीवन दर्शन
के हो त्यो सुन्दर बिज ज्ञान
एकदिन त्योपनि ढली जाने हो जान
के हो त्यो सुन्दर मोह बास
एकदिन त्यो पनि छोडी जाने हो जान
के हो यो समाज आज एक दिन
योपनि छोडी जाने नै हो मान
के हो त्यो तिम्रो दृश्य भ्रम
एकदिन ओझेलमा पर्ने नै हो जान।
के हो त्यो तिम्रो जीबन शैली
एकदिन बिलिन हुने नै हो मान
के हो त्यो धन सम्पत्ति सारा
एकदिन सबै छोडी जाने नै हो जान
आखिर आँखाको दूर नानीमा छोडी सबै मरेसरी
आशाका ताराका जीब छर्रा बनी उडेसरी
के छ तिम्रो यहाँ त्यस्तो जो अजम्बरी रहिरने
जस्तो शंकरको रुप, मगन्ते भेष निन्दित
घमण्ड राग द्वेष नराखूँ कत्ति हामीमा
रहन्छ यहाँ केवल तिम्रो कृत्ति र कर्ममा
सृष्टिको नाता नै जन्मिनु र मर्नु नै हो
जन्मनु उत्थान हो भने
मृत्यु सबैको बिश्राम लिनु हो
तसर्थ, मन कल्याण, दया, प्रेम र भक्तिले भर
घमण्ड राग द्वेष इष्र्या,लोभ मोह मद् र मात्सर्यदेखि पर सर
आफ्नो छोटो जीवनलाई सार्थक र अर्थपूर्ण बनाउँ
संसारमा हाम्रो कृति गौरब बनाउँ
पाप र कुकर्मले भरिएको यो जीवनलाई
जली जली हामी बिर्सी जाउँ बरु नसम्झौं नसम्झौं।
जीपनलाई दर्शन बनाउँ दास नबनाउँ
सोचलाई माथिल्लो तहमा लैजाउँ
भएका क्लेशलाई हटाउंँ, एक ईश्वरले अर्को ईश्वर देखौं
हरेकको मन मन्दिरमा ईश्वर छमछ्म नचाउँ
हरेकको मन मन्दिरमा ईश्वर छमछम नचाउँ।
Facebook Comment