वेभ सिरिज ‘मिर्जापुर’ अब फिल्म बन्ने
काठमाडौं। चर्चित भारतीय वेभ सिरिज मिर्जापुरको अब फिल्म बन्ने भएको छ। एक्सेल मुभिजले मिर्जापुरको फिल्म बनाउने घोषणा गर्दै टिजर सार्वजनिक गरेको छ। फिल्ममा तेस्रो भागबाट हटाइएका मुन्ना भैया उर्फ दिव्यन्दु शर्माको पनि पुनरागमन पक्का भएको छ।
रिलिज भएको टिजर अनुसार मिर्जापुर फिल्ममा सिरिजको महत्वपूर्ण पात्र मुन्ना भैयाको पुनरागमन पनि देखिनेछ, जसको भूमिका दिव्यन्तले निभाएको थियो। शृङ्खलाको दोस्रो सिजनमा उनको चरित्रलाई मारिएको थियो र तेस्रो सिजनमा उनी नहुदा सिरिजलाई नै असर गरेको थियो । निर्माताले फ्यानहरुको उच्च मागसँगै मुन्ना भाईको विशेष भाग नै रिलिज गर्नु परेको थियो।
पहिलो सिजनमा मारिएका कम्पाउण्डरको भूमिका निभाएका अभिषेक बनर्जी पनि फिल्ममा कमब्याक गर्ने भएका छन्।
घोषणा अनुसार चलचित्र मिर्जापुर सन् २०२६ मा ठूलो पर्दामा रिलिज हुनेछ । एक्सेल मुभिको ब्यानरमा यसलाई रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्दैछन्। फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नेछन्।
घोषणापछि मिर्जापुर फिल्म गुगलमा लगातार सर्च भइरहेको छ । सोमबार दिउँसो घोषणा भएदेखि नै मिर्जापुर गुगल र सामाजिक सञ्जाल साइटहरूमा ट्रेन्डिङ भइरहेको छ। मिर्जापुर विगत केही सातादेखि चर्चामा थिएन, तर फिल्मको घोषणासँगै दर्शकमा आफ्नो मनपर्ने पात्रलाई फेरि हेर्ने उत्सुकता बढेको छ।
Facebook Comment