पाकिस्तानको एकदिवसीय र टी–२० क्रिकेटका मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले राजीनामा दिए

डिसी नेपाल
१३ कार्तिक २०८१ १२:४०

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका एकदिवसीय र टी–२० मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले ६ महिनाभित्रै राजीनामा दिएका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोसल मिडिया प्लेटफर्म एक्स मार्फत यो घोषणा गरेको हो ।

पीसीबीले पाकिस्तान क्रिकेटको टेष्ट टोलीका प्रशिक्षक जेसन गिलेस्पीलाई एकदिवसीय र टी–२० टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ ।

भारतको २०११ को एकदिवसीय विश्वकप च्याम्पियन टोलीका प्रशिक्षक रहेका कर्स्टनलाई पीसीबीले यस वर्ष अप्रिलको अन्त्यमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *