काठमाडौं विमानस्थल स्तरोन्नतिले उडान प्रभावित हुने, जेन ट्राभल्सले यात्रुहरुलाई सचेत बनाउँदै
काठमाडौं । विदेशबाट नेपालसम्म सस्तो र सहज हवाइ टिकट सेवा उपलब्ध गराउँदै आएको जेन ट्राभल्सले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गर्ने यात्रुहरुलाई सचेत बनाएको छ । स्तरोन्नतिका लागि विमानस्थलको उडान र अवतरण सेवा दैनिक १० घण्टासम्म बन्द हुने भएपछि कम्पनीले यात्रुहरुलाई सचेत बनाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनमै स्तरोन्नतिको काम सुरु हुँदैछ । यही कार्तिक २३ अर्थात नोभेम्बर ८ देखि चैत १८ अर्थात २०२५ को मार्च ३१ सम्म विमानस्थलमा स्तरोन्नतिको काम हुनेछ । यो अवधिमा विमानस्थलमा हरेक दिन रातको १० बजेदेखि बिहान ८ बजेसम्म उडान र अवतरण सेवा बन्द हुनेछ । यसले यो अवधिमा उडान वा अवतरणको तालिका रहेका विमानहरु प्रभावित हुनेछ ।
उडानहरुको पूर्वनिर्धारित तालिका परिवर्तन भएपछि पहिले नै टिकट काटिसकेका यात्रुहरुलाई कठिनाइ हुन सक्ने भन्दै जेन ट्राभल्सले यात्रुहरुका लागि एडभाइजरी जारी गरेको हो । कम्पनीले आफूमार्फत टिकट काटेका यात्रुहरु मात्र नभइ अन्य यात्रुहरुको समेत उडान प्रभावित भएको वा नभएकोबारे जाँच गरिदिने सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीले अमेरिकामा सम्पर्क गर्न चाहने यात्रुहरुले +१२०२५५२१५०८ मा र काठमाडौंमा सम्पर्क गर्न चाहने यात्रुले ०१५९७०९९५ मा सम्पर्क गरी आफ्नो उडानबारे जानकारी लिन र नयाँ टिकट बुकिङ गर्न सक्ने जानकारी दिएको छ।
Facebook Comment