एसियन क्रिकेटको वार्षिक क्यालेण्डर : २०२० मा यी प्रतियोगिता खेल्नेछ नेपालले
काठमाडौं। सन् २०२० का लागि एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। एसीसीले महिला र पुरुष दुबैतर्फको वार्षिक क्रिकेट क्यालण्डर सावर्जनिक गरेको हो।
क्यालेण्डरअनुसार नेपालले महिला तथा पुरुषतर्फ प्रतियोगिाहरु आगामी मार्चबाट प्रतियोगिता खेल्न शुरु गर्नेछ । मार्चमा नेपाली पुरुष टिमले थाइल्णडमा हुने पूर्वी एसिया सिनियर टि ट्वान्टी प्रतियोगिता खेल्नेछ ।
प्रतियोगितामा पूर्वी एसिया क्षेत्रका ८ टिम सहभागी हुनेछन्। पूर्वी एसिया क्षेत्रको फाइनलमा पुगे नेपालले अगस्टमा मलेसियमा आयोजना हुने एसिया कप टि ट्वान्टी क्लालिफायर खेल्नेछ ।
त्यसपछि २०२० को डिसेम्बरमा भारतमा इमर्जिङ टिम्स एसिया कप आयोजना हुनेछ । ५० ओभरमा खेलिने यो खेलमा नेपाल सिधै छनोट भने हुने छैन । आईसीसीको वरीयताअनुसार ३ टिम सहभागी हुनेछन्।
आईसीसी वरियतामा नेपाल छनोट हुने सम्भावना भने हालअनुसार प्रबल छ । सो प्रतियोगिता दुई समूहमा विभाजन गरिने छ। एक समूहमा भारत, श्रीलंका र अफगानिस्तान रहने छन् भने अर्को समूहमा पाकिस्तान र बंगलादेशका साथै आईसीसीको वरियताअनुसार छनोट हुने टिम हुनेछ । यस प्रतियोगितामा छनोट हुन नेपाले हङ्कङ र यूएईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यी दुई टिम भन्दा नेपालको वरीयता राम्रो भए नेपाल छनोट हुनेछ ।
सेप्टेम्बरमा पाकिस्तानले एसिया कप आयोजना गर्दैछ । अगस्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरबाट क्वालिफाई भए नेपालले एसिया कप खेल्ने मौका पाउने छ।
महिला टोलीलाई पनि टेष्ट राष्ट्रसँग खेल्ने अवसर छ । मलेसियामा जुनमा महिला एसिया टि २० क्वालिफायर हुने छ । यस छनोटमा ८ टोलीको सहभागिता रहने छ । तर सहभागि टोलीको एसीसीले नाम खुलाएको छैन ।
इस्टर्न र वेस्टन रिजनबाट ४ तथा एसीसीले अन्य ४ टोलीलाई सोझैं मौका दिने छ । फाइनलमा पुग्ने टोलीले सेप्टेम्बरमा बंगलादेशमा हुने महिला एसिया कप खेल्ने छन् । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र क्वालिफायरको फाईनलमा पुगेका टिमबीच प्रतिस्पर्धा हुने छ ।
२०२० को यू१९ एसिया कप यूएईमा हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित इस्टर्न रिजनबाट दुई र वेस्टन रिजन २०१९ को विजेताबीच प्रतिस्पर्धा हुने छ ।
Facebook Comment