मोहमद नाबीका छोरा हसन एनपीएलमा चितवनबाट खेल्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ। १८ वर्षीय ओपनिंग ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ।
चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन्। हसन अफगानिस्तानका भेट्रान खेलाडी मोहमद नाबीका छोरा हुन्। यसअघि चितवनले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज र इङ्ल्याण्डका लुक बेनकेनस्टिनलाई अनुबन्ध गरेको थियो।
चितवनका मार्की खेलाडीमा राष्ट्रिय टिमका कुशल मल्ल रहेका छन्। आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।
प्रतिक्रिया
Facebook Comment