प्रधानमन्त्री ओली अस्वस्थ
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । हालै सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली फेरि अस्वस्थ भएका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली अस्वस्थ भएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बस्ने भनिएको पार्टीको सचिवालय बैठक बस्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। स्थगित बैठक शुक्रबार ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको हालै सिंगापुरमा उपचार भएको थियो। तर, सिंगापुरमा भएको उपचारबारे औपचारिक जानकारी भने दिइएको छैन । स्वदेश फर्केपछि प्रधानमन्त्री ओली स्वयमले ट्वीटरमाफर्त आफू ठिक रहेको जानकारी दिएका थिए । उनको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनको नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ । सरकारले भने प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिएको छैन ।
Topical Propecia 5 Alpha Reductase canadian pharmacy cialis 20mg Propecia Dosage 5mg Viagra Online Versand Info Propecia Androgenos