लिग-२ मा अमेरिकामाथि स्कटल्याण्डको सहज जित

डिसी नेपाल
१६ कार्तिक २०८१ ७:२३

काठमाडौं। स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ। आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो।

स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुँदै २४६ रन मात्र बनाएको थियो। अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले ५२ रन बनाएका थिए । त्यस्तै संजय कृष्णमुर्थीले ४९ रन बनाएका थिए।

त्यसैगरी स्कटल्याण्डका बलर ज्याक जार्भिसले सर्बाधिक ४ विकेट लिए भने ब्राड कुरी र मार्क वाटले २-२ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो। स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले १५१ रन बनाएका थिए।

यो जितपछि स्कटल्याण्ड लिग-२ को अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। स्कटल्याण्डको १० खेलमा १३ अंक भएको छ। त्यस्तै अमेरिकाको ११ खेलमा १४ अंक छ र लिगमा दोस्रो स्थानमा छ।

अब सिरिजको अर्को खेल नेपाल र अमेरिकाबीच शनिबार हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *