एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन

डिसी नेपाल
१६ कार्तिक २०८१ १५:५९

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिनलाई भित्र्याएको छ। २८ बर्षीय मोहसिनलाई एनपीएलका लागि भित्र्याएको जनकपुरले जानकारी दिएको छ।

जनकपुरले भित्र्याएका मोहसिङ तेस्रो विदेशी खेलाडी हुन्। यसअघि जनकपुरले न्यूजील्याण्डका जिम्मी निशाम र अमेरिकाका जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको थियो । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ सेख रहेका छन्।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौं गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट

-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस

लुम्बिनी लायन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

– अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग

जनकपुर बोल्ट्स

– न्यूजील्याण्डका जिम्मी निशाम

– अमेरिकाका जोसुआ ट्रोम्प

– पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिन

पोखरा एभेन्जर्स

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,

– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे

– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन

– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास

– क्यानडाका लराउण्डर निकोलस किर्टोन

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात

– हङकङका बाबर हायात

चितवन राइनोज

– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज

– इङल्याण्डका लुक बेनकेनस्टिन

– अफगानिस्तानका हसन एइसाखिल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *