नेकपा (माओवादी) को दोस्रो विस्तारित बैठक सम्पन्न
काठमाडौं। सशस्त्र जनविद्रोहको कार्यदिशा लिएर देशव्यापी रुपमा जनसंर्घषमा रहेको गौरव नेतृत्वको नेकपा (माओवादी) को दोस्रो विस्तारित बैठक सम्पन्न गरेको छ। नेकपा (माओबादी) का महासचिव गौरवले एक विज्ञप्ति जारी गर्दै पाँच कमाण्ड इन्चार्जको नामावलीसहित जनसत्ता प्रमुखको जिम्मेवारी समेत तोकिएको जनाएका छन्।
विज्ञप्तिमा पार्टीको ५ कमाण्ड प्रणाली निर्माणसहित कमाण्ड ईन्चार्जको जिम्मेवारी तोकिएको छ। पूर्वी कमाण्ड ईन्चार्जमा शेखर सिंह, मध्य कमाण्ड इन्चार्जमा अग्नि, मध्यपश्चिम कमाण्ड इन्चार्जमा जावेल, पश्चिम कमाण्ड ईन्चार्जमा दीपक, सुदूरपश्चिम कमाण्ड ईन्चार्जमा दान सिंहलाई जिम्मेवारी तोकिएको छ।
यस्तै जनसत्ता प्रमुखमा शेखरलाई चयन गरिएको बताइएको छ भने जवस मोर्चाहरुको पनि जिम्मेवारी तोकेको छ। जस अन्र्तगत जनस्वाथ्य महासंघमा.रमाकान्तलाई संयोजकको जिम्मेवारी तोकिएको छ।
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजकमा बाबुरामलाई तोकिएको छ भने नेपाल मुस्लिम मुक्तिमोर्चाको संयोजक कलिमुद्धीनलाई दिइएको छ। प्रवास विभाग ईन्चार्जमा समर्पणलाई चयन गरिएको छ साथै अनेमसंघको संयोजकमा सरस्वती चौधरीलाई चयन गरेको छ। यस्तै नेपाल आदिवासी जनजाती महांसघको रमालाई तोकिएको बताइएको छ।
नेकपा (माओबादी) ले मंसिर ८ लाई विषेश महत्व दिएको छ। जनमुक्ति सेना तथा जनसत्ता स्थापना दिवसको अवसरमा मंसिर ८ लाई विषेश तथा भव्य रुपले देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ।
Facebook Comment