एअर एसियाको बैंकक-भैरहवा उडान सुरु

डिसी नेपाल
१८ कार्तिक २०८१ ९:४७

रुपन्देही। लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान आजबाट सुरु भएको छ। नागरिक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो।

प्राधिकरण भैरहवा कार्यालयका निमिक्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए। उनले यो तालिका अनुसारकै उडान भएकाे बताए।

अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने बिमानस्थलले जनाएको छ। २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो सवा १२ बजे आउने निमिक्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए।

थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा तथा काठमाडाैं उडान शुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ। एअर एसियाको यो बिमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *