दुबईमा नेवा:पुच:यूएईले भब्य रुपमा म्ह:पूजा र नेपाल सम्बत् मनाए
दुबई। यूएईमा छरिएर रहेका नेवा समुदायले यस बर्ष पनि पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा सहित नेपाल सम्बत् ११४५ प्रारम्भ भएको खुशियालीमा यूएईको दुबईमा साझ सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ।
नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखेर मनाएको पुच:का अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।
शनिबार २ नोभेम्बरका दिन साझ ५:०० बजे देखि राति ९ :०० बजे सम्म बुर दुबई स्थित ब्लू प्यालेसमा दर्जनौ नेवा:समुदाय एबं अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेवा:पुच: का अध्यक्ष नकर्मिले सबै अतिथीलाई स्वागत गर्दै उक्त कार्यक्रमको लागि यूएईका बिभिन्न राज्यहरु बाट उपस्थिति जनाएका थिए ।
कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्यालले शुभकामना व्यक्त गर्दै नेवारी समुदायले यूएईमा पनि आफ्नो संस्कृति,भाषा, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहन यस्ता कार्यक्रमले अन्य जात जातीलाई समेत सिक्न मद्दत पुगेको बताए ।
उनले परापूर्वकाल देखि शुरु भएको संस्कृति र परम्परालाई स्वदेशमा मात्र सिमित नराखि यूएईमा पनि निरन्तरता दिनु प्रशंसनीय कार्य भएको धारणा राखे।
म्ह:पूजा गर्दा उपस्थित सबैको पूर्वसम्मुख पारेर एकएक वटा मण्डल बनाइ, मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, पानी र रंगीबिरंगी फूलका घेरा हालि बनाईएको थियो र सगुन लिने काम गरी सम्पन्न गरियो।
म्ह: पूजाको अन्तमा सबै जना एकै पङ्क्तिमा भुईमा बसी सुन्दर रूपमा सिँगारिएको मण्डल माथिनै थाल राखी परम्परागत नेवा: भ्वय खाएका थिए।
म्हः पूजाको अर्थ शरीरको पूजा हो । म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भन्ने गरेका छन् ।
ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ । नयाँ वर्ष सँगै म्हःपूजा गरेर वर्षभरि कुनै रोग व्याधि नलागोस् शरीर स्वास्थ्, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन ।
स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यताका साथ तांत्रिक बिधि बाट म्हः पूजा गर्ने चलन छ।
साथै नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत् ११४५ पनि राष्टिय विभूति शंखधर साख्वाले वि सं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएको अवसरमा सोहि दिन मनाउने चलन छ।
Facebook Comment