अलमोडामा यात्रुवाहक बस भीरबाट खस्यो, १० जनाको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०८१ ११:४३

काठमाडौं । उत्तराखण्डको अल्मोडामा यात्रुले भरिएको बस दुर्घटना भएको छ । मर्चुला क्षेत्रमा यात्रुले भरिएको बस भीरबाट खसेको हो । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

घटनापछि एसएसपी अल्मोडा घटनास्थल पुगेका थिए । उद्धारका लागि एसडीआरएफको तीन टोली दुर्घटनास्थलमा पुगेका छन् र उद्धार कार्य जारी छ । अल्मोडा एसपीले दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

एसडीएम सञ्जय कुमारले भने – केही मानिस हताहत भएका छन्। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पठाइँदैछ। अल्मोडा पुलिस स्टेशनको साल्ट मर्चुला क्षेत्र नजिक दुर्घटना भएको हो।

जिल्ला मजिस्ट्रेट आलोक कुमार पाण्डेले भनेअनुसार बस गढवालबाट कुमाऊँ गइरहेको बेला अल्मोडाको मर्कुलामा यो दुर्घटना भएको हो।

मृतकको संख्या बढ्न सक्ने पाण्डेले बताए । उनले खोजी र उद्धार कार्य सुरु गर्न प्रहरी र एसडीआरएफका जवान घटनास्थल पुगेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *