अमेरिकी राष्ट्रपति निर्वाचन : कमला ह्यारिसको समर्थनमा भारतको तमिलनाडुमा प्रचार

डिसी नेपाल
२० कार्तिक २०८१ १०:२१

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान सुरु हुनुअघि भारतमा तमिलनाडुको थुलसेन्द्रपुरम गाउँमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको समर्थनमा पोस्टर टाँसिएको छ ।

कमला ह्यारिसका मावली हजुरबुवा-हजुरआमा भारतको दक्षिणी सहर चेन्नईबाट ३०० किलोमिटर टाढा रहेको एउटा सानो गाउँ थुलसेन्द्रपुरममा बस्थे ।

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछिन् । कमला ह्यारिस हाल अमेरिकाकी उपराष्ट्रपति पनि छन् ।

अमेरिकाका धेरैजसो क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब सवा ४ बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ।

कमला ह्यारिसको जरा भारतीय परम्परासँग जोडिएको छ। अङ्ग्रेजी पत्रिका ‘द हिन्दू’ मा प्रकाशित समाचारका अनुसार आमाको मृत्युपछि उनी हिन्दू रीतिरिवाज अनुसार अस्तु समुन्द्रमा सेलाउन बहिनीसँग चेन्नई आएकी थिइन् ।

२०२१ मा, कमला ह्यारिसले अमेरिकाको पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली उपराष्ट्रपति बनेर इतिहास रचिन्।

तमिलनाडुको स्तन क्यान्सर अनुसन्धानकर्ता श्यामला गोपालनकी छोरी कमला ह्यारिस सन् १९५८ मा अमेरिका गइन् । उनका बुबा डोनाल्ड ह्यारिस जमैकाका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *