मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित

डिसी नेपाल
३१ साउन २०७६ ७:४२

काठमाडौं । पाहुना टोली अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपालले शानदार जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१५ ले गुमाएको थियो । तर, नेपालले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो । नेपालले तेस्रो सेट २६–२४ र चौंथो सेट २६–२४ ले जित्दै खेल २–२ को बराबरीमा ल्याएको थियो । त्यसपछि अन्तिम सेटमा नेपालले १५–१२ को सेटमा जित निकाल्दै अफगानिस्तानलाई निराश बनाउन सफल भयो ।

यो जितसँगै नेपालले अफगानिस्तानविरुद्धको दुईओटै मैत्रीपूर्ण खेलमा जित निकालेको छ । यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३–२ कै सेटमा हराएको थियो । नेपालले पहिलो खेलमा २२–२५, २५–२३, २५–१७, २५–२१ र १५–१३ को सेटमा जित निकालेको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *