गेलले तत्काल सन्यास नलिने!

डिसी नेपाल
३१ साउन २०७६ ८:१२

एजेन्सी । वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको तत्काल सन्यास नलिने भएका छन्। यसअघि उनले भारतसँगको एक दिवसीय सिरिजपछि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने बताइएको थियो। तर उनले सन्यास स्थगित गरेको बीबीसीले जनाएको छ।

यो सँगै उनले यही वर्षमा दोश्रो पटक संन्यास स्थगित गरेका छन्। वेस्ट इण्डिजसँगको तेश्रो तथा अन्तिम एकदिवसीयमा विस्फोटक ब्याटिङ गर्दै ७२ रन जोडेका गेलले खेलपछि क्रिकेट कमेन्टेटेरले सोधेको प्रश्नको जवाफमा तत्काल सन्यास नलिने बताएका हुन्।

३९ वर्षिय गेलले यस वर्ष अप्रिलमा आईसिसी विश्वकपपछि संन्यास लिने बताएका थिए तर उनले त्यसो गरेनन्। त्यसपछि फेरि उनले भारतसँगको वान डे सिरिजपछि सन्यास लिने सार्वजनिक भएको थियो। उनले भारतविरुद्धको टेस्ट पनि खेल्ने बताएका थिए। तर टिममा छनोट भएनन्। दुई टेस्टको सिरिज अन्तर्गतको पहिलो खेल २२ अगस्टमा सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *