कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै

डिसी नेपाल
२१ कार्तिक २०८१ १२:३५

काठमाडौं। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन्।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरि जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिन लागेका हुन्। अधिकारी केही दिन अघि लुसुक्क जापान पुगेर फर्किएका थिए। भ्रमण स्वीकृत नगरि जापान गएको भन्दै उनी विवादमा तानिएका थिए।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए।

मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेपछि सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ। उनले आजै शपथ लिनसक्ने स्रोतले जनाएको छ। प्रधानमन्त्री केपीशर्मा ओलीको सचिवालयमा काम गरिसकेकी उनी ओलीलाई ‘बा’ भन्ने नेतामध्येकी एक हुन्। उनलाई कोशीको सांसद बनाउनुअघिनै मन्त्री बनाउने सहमति भइसकेको स्रोतको दाबी छ।

सुरुमा पार्टीले संघीय सांसद बनाउने भनेपनि अन्तिम समयमा प्रदेशसभा सदस्य बनाइएकी उनलाई त्यतिबेलै प्रदेश सरकारमा पठाउने भनिएपनि अहिलेसम्म अवसर भने पाउन सकेकी छैनन्। उनले भने पार्टीले जिम्मेवारी दिएमा आफूले सक्रियतापूर्वक काम गर्ने बताउँदै आएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *