‘रामायण’ दुई भागमा रिलिज हुने, राम-सिताको भूमिकामा रणवीर र साई पल्लवी

डिसी नेपाल
२२ कार्तिक २०८१ १०:४९

काठमाडौं। बलिवुड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ।

फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ। पहिलो भाग २०२६ मा र दोस्रो भाग २०२७ मा दीपावलीको अवसरमा रिलीज हुनेछ।

यस फिल्ममा रणवीर कपुरलाई भगवान रामको भूमिकामा र दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा रहेकी छन्। त्यस्तै केजीएफ फेम अभिनेता यश फिल्ममा रावणको भूमिकामा देखिनेछन्।

फिल्मको पहिलो पोस्टर सेयर गर्दै निर्माता नमिल मल्होत्राले लेखेका छन्-‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको छु। जसले ५००० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ। म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु। हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति हाम्रो रामायण संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने।’

यो फिल्म ५ सय करोडभन्दा बढीको बजेटमा बनाइने बताइएको छ। फिल्मलाई मधु मन्टेना, अल्लु अरविन्द र नमित मल्होत्राले संयुक्त रुपमा निर्माण गर्नेछन्।

फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गर्न निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय कम्पनी वार्नर ब्रदर्ससँग सम्झौता गर्ने प्रयास गरिरहेको बताइएको छ।

फिल्ममा हान्स जिम्मर र एआर रहमान जस्ता ओस्कर विजेता कलाकारहरू संगीत र पृष्ठभूमि स्कोरमा काम गरिरहेको जानकारी दिइएको छ।

ओस्कार विजेता कम्पनी डिनेग फिल्मको भिएफएक्समा काम गर्ने भएको छ। यो फिल्म हिन्दी, तमिल र तेलुगु लगायत धेरै भाषामा रिलिज हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *