नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

डिसी नेपाल
२२ कार्तिक २०८१ १३:२५

काठमाडौं। यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाएकी छन् भने साना प्रविनले २५ रन र ज्योत्सिका मरासिनीले २३ रन बनाएकी हुन्।

प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो। कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *