ककनी गाउँपालिकामा उपनिर्वाचनका लागि माओवादीका उम्मेदवार छनोट
नुवाकोट। नेकपा (माओवादी केन्द्र) ककनी गाउँपालिका समितिको बैठकले उपनिर्वाचनका लागि वडाबाट आएको उम्मेदवारको सिफारिसलाई अनुमोदन गरेको छ।
बिहीबार बसेको पार्टीको पालिका समितिको बैठकले आगामी मंसिर १६ गते हुन लागेको ककनी गाउँपालिका २ को वडाअध्यक्षको उम्मेदवारमा वडाबाट सिफारिस भएका कृस्ण घिमिरे मिलनको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो।
यस अघि कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षको निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया
Facebook Comment