ट्रम्पले चुनाव जितिसक्दा पनि अमेरिकाका दुई स्विङ स्टेटमा नतिजा घोषणा हुन बाँकी
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको आगामी राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर निर्वाचनमा निर्णायक मानिने सातमध्ये दुई राज्यको नतिजा भने आउन सकेको छैन ।
यी दुई राज्यहरू नेभादा र एरिजोना हुन्। यहाँ मतगणना जारी छ । डोनाल्ड ट्रम्पले बाँकी पाँच स्विंग राज्यहरू – जर्जिया, मिशिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा जित हासिल गरेका छन्।
यी सात स्विङ स्टेटमा कुल ९३ इलेक्टोरल भोट छन्।
हाल नेभादामा ९४ प्रतिशत मतगणना सकिएको छ । जसमध्ये ट्रम्पले ५१ प्रतिशत र कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छन् ।
जबकि एरिजोनामा ७० प्रतिशत मत गणना भइसकेको छ । रिपब्लिकन पार्टीले ५२.३ प्रतिशत र डेमोक्रेटिक पार्टीले ४६.८ प्रतिशत मत प्राप्त गरेको छ ।
अमेरिकाको स्विङ स्टेटहरू ती राज्यहरू हुन् जहाँ प्रतिस्पर्धा नजिक हुन्छ ।
Facebook Comment