लुटेराको आक्रमणमा परेका आर्सनलका खेलाडी खेल्नका लागि तयार!

डिसी नेपाल
३१ साउन २०७६ १२:२२

एजेन्सी । आर्सनलका प्रशिक्षक उनाई ईम्रिले मिडफिल्डर मोसिट ओजिल र डिफेन्डर सिड कोलासिनाच खेल्नका लागि मानसिक रुपमा तयार रहेको बताएका छन् ।

लण्डन क्लबका प्रशिक्षक ईम्रिले शनिबार वर्नलीविरुद्व हुने खेलमा दुवै खेलाडी मैदान उत्रने बताएका हुन् । दुवै खेलाडी सिजनको पहिलो खेलमा न्युक्यासलविरुद्व अनुपस्थित थिए । सुरक्षाको कारण देखाउँदै दुवै खेलाडीले पहिलो खेल खेल्न नसक्ने बताएका थिए ।

अब दुवै खेलाडी आर्सनलको अभ्यासमा समेत फर्किएका छन् । खेल अगाडी प्रशिक्षक ईम्रिले दुवै खेलाडी मैदानमा फर्किएको बताए । उनले दुवै खेलाडी अहिले खेलमा केन्द्रित रहेको समेत जानकारी दिए ।

दुवै खेलाडी जेम्स पार्कमा भएको खेलमा सुरक्षाका कारण अनुपस्थित रहने बताएका थिए । दुई साता अघि इंग्ल्याण्डको लण्डनस्थित एक सडकमा हतियारधारी समूहले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेका थिए । तर, लुटेराहरुको प्रयास विफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *