भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हसिल गरेको छ।
शनिबार सम्पन्न खेलमा भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे भने जुडे बेलिङघमले एक गोल गरेका थिए। यो जितपछि रियल म्याड्रिडको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछाडी रहेको छ। त्यसैगरी ओसासुनाको १३ खेलमा २१ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment