फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेरर सिनसिनाटी मास्टर्सको तेस्रो चरणबाट बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
सात पटकको च्याम्पियन फेडेररलाई २१ वर्षे रुब्लेभले ६–३ र ६–४ को सेटमा पराजित गरे । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररलाई हराउन रुब्लेभले १ घण्टा भन्दा बढीको समय लगाए । अब रुब्लेभले क्वाटरफाइनलमा डानिल मेडभेदेबसँग खेल्नेछन् ।
पुरुषतर्फ नै विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक भने क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जोकोभिकले अन्तिम १६ मा स्पेनिक पाब्लो बुस्तालाई ६–३ र ६–४ को सेटमा पाखा लगाए ।
महिलातर्फ विश्व नम्बर एक एस्लेइघ बार्टी र दोस्रो वरियताकी नोआमी ओसाकाले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् । चौंथो वरियताकी सिमोना हालेप भने बाहिरिएकी छन् ।
Facebook Comment