माटोमा भेटिएको मुकुट
आयात प्रतिस्थापनका लागि राज्यले नीति बनाएर स्वदेशिलाई प्राथमिकता दिनुपर्ने बहसकाबीच काठमाडाैं महानगरका मेयर बालेन शाहले तीहारको लागि स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन अनि प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध गरेर सरहानीय काम गरे।
स्वदेशी फूल सडाएर विदेसी र प्लास्टिकका फूल सजाउने काम निरुत्साहित गर्ने कदम अनुकरणीय छ। आयात प्रतिष्थापना फगत नारा वा भाषण होइन, ब्यबाहार हो, उनले गरेर देखाए।
गर्दा हुन्छ भन्ने उनले थुप्रै उदाहरण देखाएका छन्, सिको गर्दा देशले अधोगती बेहोर्नु पर्दैन। आयातित झिलिमिली बत्तीका कारण लोप हुँदै जान लागेका पाला जोगाउन अन्य नगरले कदम चाल्दा अर्को वर्ष प्रभाव पर्ला।
जहाँ उभियो त्यहीँ गाडी रोक्ने ट्राफिक ब्यब्स्थाले मेयर बालेनबाट फूल बिक्रीगर्ने स्थान तोकेर ब्यबस्थित गरेकोबाट केही सिक्दा अलि सुकिलो शहर देखिने थियो। सिक्ने ट्राफिकले हो कि यातायात ब्यबस्था कार्यालयले हो, सिक्दा राम्रो।
काठमाडौं: एकपटकको स्वच्छ र शान्त सहर, आज अस्तव्यस्तताको भाँडो बनेको छ। जग्गा दलालले बनाएको शहर भनेर परिचित काठमाडौं, बढ्दो जनसंख्या, अनियन्त्रित सहरीकरण र वातावरणीय प्रदूषणले यस ऐतिहासिक सहरलाई धराशायी बनाउँदै छ।
अब पुराना बस,माइक्रो, टेम्पुको जिम्मा छोडेर उम्किन पाइँदैन,र, धान्दैन पनि। यातायात समस्या समाधान गर्नका लागि ट्राम, मेट्रो वा लाईइट रेलट्रान्जिट (एलाअरटी)जस्ता सार्वजनिक यातायातका साधनहरू निकै प्रभावकारी हुन सक्छन्। मेट्रोको तुलनामा ट्राम अलि कम खर्चिलो हुने हुनाले त्योसोंच अवश्यै होला।
तर, बालेन शाहको मेयर पदमा आगमनसँगै काठमाडौंवासीमा एउटा नयाँ आशा पलाएको छ। एक संरचनात्मक इन्जिनियर भएको नाताले बालेनले काठमाडौंको पूर्वाधारलाई बलियो बनाउने र यसको ऐतिहासिक पहिचानलाई जोगाउने अभियानमा जुटेका देखिँदै छन्।
अनि नीतिगत अडान कसरी लिनेपनि राजनीतिका विद्यार्थीलाई सिकाउँदै छन्। त्यसैले त सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले स्विकार गरे “हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा छन्”।
अति सिरियस पोइन्टमा स्थापित दल पुग्नुअघी पक्कै गम्भिर आत्मसमीक्षा भएको हुनुपर्दछ। जसले बालेनको काम देखेर र समर्थक भए तर आफ्ना आमाबुवाको पार्टीबाट कुनै काम नभएको र बेथिति मात्रै देखेकोले अत्यासिएको बुझ्न सकिन्छ।
गज्जब संयोग परेको छ। मेयर शाहले “बैद्यखाना बचाउन नसक्नेले देश कसरी बचाउन सक्छ” भन्दै प्रश्न गरेको रिल हेर्दैगर्दा “तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन; प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध” भन्ने स्टाटस देखियो, अनि केही नलेखी रहन सकिएन।
उनका ती निर्णय, भाषण सुनेर, पढेर कम्प्युटर खोल्दा सोच्दै थिए देशमा केहिगर्ने मान्छेको कमी पूरा होला कि? मनोवाद चल्दाचल्दै इमेलमा “इतिहासमा आज” भन्ने शिर्षकको इमेल देखियो। सय वर्ष अघिका
तत-तत दिनका घटना विवरण आउने सो ईमेलमा बेलायती ईतिहाँसाको कुरा रहेछ।सन १४८५ अक्टोबर ३० को कुरा रहेछ। लेखिएको थियो “माटोमा भेटिएको मुकुट “A Crown Found in the Mud)”.
“माटोमा भेटिएको मुकुट” भन्ने वाक्यांशले ह्यारी ट्युडरको उदयलाई ब्याख्या गर्दछ।उनको राजाहुने दावी कमजोर थियो र उनले अप्रत्याशित रूपमा सिंहासन प्राप्त गरे। यसले देखाउँछ कि इतिहासमा कहिलेकाहीँ अप्रत्याशित घटनाहरू घट्न सक्छन् र सानो सुरुवातले ठूलो परिवर्तन ल्याउन सक्छ।
सन् १४८५ मा इङ्ग्ल्याण्डको बोस्वर्थ फिल्डमा भएको युद्धले देशको इतिहासमा नयाँ अध्यायको थालनी गर्यो। सो युद्ध प्लान्टाजेनेट राजवंश र ट्युडर राजवंशबीचको सत्तासंघर्षको परिणाम थियो। रिचर्ड तेस्रोको पराजयपछि ह्यारी ट्युडरले इङ्ग्ल्याण्डको सिंहासन हात पारे।
ट्युडर वेल्श मूलका थिए र उनको राजाहुने दावी कमजोर मानिन्थ्यो। तर, बोस्वर्थको युद्धमा उनको विजयले उनलाई इङ्ग्ल्याण्डको नयाँराजा बनायो।उनले आफ्नो नाम हेनरी सप्तम राखे र ट्युडर राजवंशको स्थापना गरे।
संयोग होस, बालेन जस्तै सुरुवात गरेको उनी वा कुनै नेपालीले देशको आर्थिक विकास गरोस्, न्यायिक समानाता,समाबेसी र संस्कारी समाज बनाउन उसको राजनीतिक जीवन खर्चोस्। गैर कानुनी कामगरेपछि राजनीतिक प्रतिषोध नदेखि कानुन बमोजिम कठघरामा उभ्याउने संगठन तयार होस्।
छिट्टै देखिएला उनले बदलेको काठमाडाैं ! हतारै लाग्ला बदलिएको काठामाडाैं देख्ने रहरबारे एकआलेख नलेखी रहन सकिएन। दलहरू केवल सरकार बनाउन र गिराउन लाग्दा राष्ट्रिय आवश्यकता ओझेलमा परेको सार्वजनिक टिप्पणीमा बोलिँदै आएका छन्।
दु:खद् पक्ष चाहिँ दलहरूले दलीय राजनीति मात्रै होइन, राष्ट्रिय आवश्यकता के हो, गन्तब्य र लक्ष्य के हो तोक्न सकेका छैनन्। हाम्रो प्रणालीलाई प्रभावपार्ने कुरा के हुन् ? संविधानलाई कसरी प्रभावकारी बनाउने भनेर यसलाई प्राथमिकता दिनुपर्नेमा भन्दा ध्यान ‘ट्र्यास टक’ मै केन्द्रित छ।
प्राचीन काठमाडौंलाई युगौंसम्म जोगाउने प्रयास गरिरहेका छन्। विरोध र अवरोधहरूका बाबजुद, बालेनले ऐतिहासिक धरोहरलाई पुनर्स्थापितमात्र गरिरहेका छैनन्, उनी काठमाडौंको डिजाइनमा भविष्यको दृष्टिकोणपनि थपिरहेका छन्। यसरी, सहरको जगलाई बलियो बनाउँदै, सांस्कृतिकसम्पदा बचाउँदै, र अराजकतालाई व्यवस्थापन गर्दै, बालेनले एक नयाँ काठमाडौंको सपना देखाइरहेका छन्।
राष्ट्रिय आवश्यकता र त्यसको प्राथमिकता तय गरेर ती विषय पूरा गरेर, त्यसभित्रै दलीय चेतना, दलीय दृष्टिकोण सहित आफ्नो दललाई स्थापितगर्ने अभ्यास भएको भए काठामाडाैंका मेयरले भन्दा पहिला संघीय सरकारले आयात प्रतिस्थापनका तालिका बनाउथ्यो, लागू गर्ने थियो-सकेन।
प्रसिद्ध अमेरिकी लेखक र लाइफ कोच टोनी रबिन्स जो कोग्निटिभ साइन्सका माहिर मानिन्छन,ले भनेका थिए “असम्भव यात्रा त केवल त्यही हो, जुन तपाईंले कहिल्यै सुरु गर्नुहुन्न”।
लोकतन्त्रका नेता र नेतृत्वकर्ताले त्यही गरे ..साशनले परिवर्तनको आभास दिने कदम सुरु नै गरेनन्। त्यसैको नतिजा पृथ्बीसुब्बा गुरुङहरु एमालेका छोराछोरी बालेनका समर्थक देखे तर उनका छोराछोरी, जसले २१ औ शताब्दीको विश्व, शासन र डेलिभरी देखिसके संसारमा तर नेपालमा देखेनन् र बालेनमा त्यो ‘स्मेल’ गरेपछी उनका समर्थक बने। रुमीले भने झै धुलो अनुहार थियो पृथ्बी सुब्बाहरुले ऐना पुछि रहे।
अत्यधिक आशा
न्यूयोर्क टाइम्सले पुरै १ पेज खर्चेर लेख्यो “र्याप स्टार, इन्जिनियर, मेयर: काठमाडौंको जीवनलाई पुनःनिर्माण गर्दै”। मेयर निर्वाचित भएपछिको भन्दा ठूलो आकार देखेको थिए, उनी बारे। न्यूयोर्क टाइम्स भित्र छापिएका मेरो लागि प्रथम ब्यक्ति थिए ,२०२३ मा। पछि उनको कामको चर्चा र अबरोध प्रति अलि चासो बढ्यो।
वर्षौंदेखि रिङ रोडको धुलोले आजित जनताको स्वास्थ्यमा पार्ने प्रतिकुल असर र बेथितीको उपहार, १ टिपर धुलो भाषण मै कार्याबधि बिताउन अभ्यस्तहरुका लागि शिक्षा थियो।
१२ महिना भिड्भाड हुने न्यूरोडमा सडकपेटी फराकिलोपर्दा संघले गरेको “दादागिरी” बिरुद्ध ” नो भेइकल जोन” घोषणा गर्नु उनीमाथि भएको राजनीतिक अबरोधलाई “पलिटिकल” जवाफ थियो। स्तम्भकार त्यति बेला न्यूयोर्क टाइम्सले दिएको स्पेस उचित मान्दै थियो ।
“City is a theater of social action” भन्ने लोइस मुमफोर्डको भनाइले सहरलाई समाजको अभिनयस्थलका रूपमा चित्रणगर्छ।यसको अर्थ, सहर विविध समुदाय, संस्कृति, र परम्पराहरूले अन्तरक्रिया गर्छन्, र व्यक्तिगत तथा सामूहिक गतिविधिहरूले समाजको वास्तविक दृश्यलाई उजागर गर्छ।
यसले सहरलाई मानिसहरूको भावना, चाहना, र सम्बन्धको बिम्बका रूपमा व्याख्या गर्दछ। हो, काठमाडाैं, देशको ७८ औं जिल्ला हो जसले सबै जिल्ला, विचार, संस्कार, संस्कृति एकै ठाँउ सम्हा । र, त्यो ठाउ सम्हाल्ने मानिस बालेन शाह बने।
संसारभरि शहरीकरणका विभिन्न प्रकारका छन्, जसलाई स्थान,आकार, उद्देश्य, विकासको गति र अन्य कारकहरूको आधारमा वर्गीकृत गर्नसकिन्छ।
जस्तो:महानगर, मेगासिटी, ग्रीन सिटी, इन्डस्ट्रियल सिटी, रिजोर्ट सिटी, स्मार्ट सिटी आदि।
तर बालेन आफैं इण्जिनियर भएर हो वा उनकोको कमिटमेन्ट हो उनि काठ्माण्डौलाई नियो-क्लासिकल सिटी बनाउने बाटोमा देखिन्छन्।
काठमाडौं: एकातिर प्राचीन सभ्यताको धरोहर, अर्कोतिर अस्तव्यस्तताको भाँडो। प्रश्न अनुत्तरित छ, काठमाडौंले आफ्नो पहिचान गुमाउँदैछ? वा, यसले पुनर्जन्मपाउँदै छ? के काठमाडौं सहर फेरिन सक्छ?
उनकाे स्टाटस भन्छ, ११४+ मन्दिर, १११+ हिटि, १०+ कुवा, ६+ पोखरीको सफाइ, ४+ हिटी पुनरुत्थान, ढुङ्गेधाराहरु मर्मत तथा पुनःनिर्माण गरेका छन्। त्यस्तै विदेशी शैली हटाएर भद्रकाली मन्दिरलाई परम्परागत नेवारी शैलीमा बनाउने अडान बमोजिम महानगरले स्थानीय र पुरातत्त्व बिभागले माग गरेपनि नेवारी परम्परागत शैलीमै बन्नेछ, भने र बनाउन थाले।
उनले प्राचीन काठमाडौंलाई युगौंसम्म जोगाउने प्रयास गरिरहेका छन्। विरोध र अवरोधहरूका बाबजुद, बालेनले ऐतिहासिक धरोहरलाई पुनर्स्थापित मात्रगरिरहेका छैनन्, उनी काठमाडौंको डिजाइनमा भविष्यको दृष्टिकोणपनि थपिरहेका छन्।
यसरी, सहरको जगलाई बलियो बनाउँदै, सांस्कृतिक सम्पदा बचाउँदै, र अराजकतालाई व्यवस्थापन गर्दै, बालेनले एक नयाँ काठमाडौंको सपना देखाइरहेका छन्।
काठमाडौं सहर अस्तव्यस्तताको नमूना मात्र बनेको छैन, जनसंख्या विस्फोट,अराजक सार्वजनिक यातायात र जग्गा दलालहरूले बनाएका एम्बुलेन्स नछिर्ने गल्लीको ब्यबस्था र नागरिक सुरक्षा गर्दै,सुबिधा दिंदै ऐतिहासिक गन्तव्य जोगाउन सहज छैन।
यहाँका पुराना मठमन्दिर र सांस्कृतिक धरोहरहरू बीचका साँघुरा गल्ली, यातायातको जथाभावी व्यवस्थापन र बेतरतीब शहरीकरणले अस्तित्व गुमाउँदै गर्दा,काठमाडौंको सौन्दर्यलाई बचाउन हरेक हातले साथ दिनुपर्ने अवस्था आइसकेको छ। तर, यो अवस्था बदल्न, बालेन शाहजस्ता नेतृत्वको पहलसँगै आम नगरबासीको सक्रियता र इच्छाशक्ति अपरिहार्य छ।
पैदल पथ,शौचालय,सफाई, आदिले उनीमा देखिएको”नेता”छबी निखार्न अन्य धेरैकाम गर्नै पर्दछ जो ‘मिनिमम अर्वन फेसिलिटी’मा पर्दछन्। काठमाडौंलाई व्यवस्थित र दिगो बनाउन यी आधारभूत शहरी सुविधाहरूको सुनिश्चितता महत्वपूर्ण छ। यी सुविधाहरूको सुधारले मात्रै सहरको वातावरण, स्वास्थ्य जीवनशैलीलाई गुणस्तरीय बनाउन सक्छ।
काठमाडौंलाई व्यवस्थित र दिगो बनाउन सफा पिउने पानी, आधुनिक ढल व्यवस्थापन, फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय,स्वास्थ्य सेवा, सार्वजनिक यातायात, बिजुली र सडक बत्ती,हरियाली र पार्कहरू, स्मार्ट ट्राफिक म्यानेजमेन्ट सिस्टम (STMS), आकस्मिक सेवा पहुँच, सिटी स्पेस, विश्राम स्थल, खेलकुद मैदान,बजार र व्यापारिक केन्द्र,पुस्तकालय र सांस्कृतिक केन्द्र, वास्तविक सम्पदा र सांस्कृतिक संरचनाको संरक्षण, क्यानल्स, साइकल मार्ग,वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली, पार्किङ मिटर, मल्टी लेभल पार्किङ,खुला मैदान, जोनिङ: शहरलाई विभिन्न क्षेत्रहरूमा विभाजन गरेर (जस्तै: आवासीय, व्यापारिक, औद्योगिक, हरित क्षेत्र आदि),सहभागितामूलक योजना,सुरक्षा क्यामेरा, संग्रहालय, थिएटर, शहरको समावेशी डिजाइन,वातावरणमैत्री र स्वस्थ शहर, परम्परागत वास्तुकला र आधुनिक प्रविधिको मिश्रण: (ऐतिहासिक भवनहरूको पुनर्निर्माण र संरक्षण गर्दै आधुनिक सुविधाहरू जस्तै स्मार्ट ग्रिड, ऊर्जा दक्षता, र स्वचालित प्रणालीहरूको प्रयोग)।
अनि बस्न योग्य (Liveable City)तर्फ अघी बढ्न सहज हुनेछ। काठमाडौं जस्तो पुरानो शहरको व्यवस्थापनका लागि पुराना संरचनाको संरक्षण,फोहोर व्यवस्थापन,हरित क्षेत्रको विकास,यातायात व्यवस्थापनका प्राथमिक उपायहरू अपनाउन सकिन्छ।
योरोपका प्रख्यात शहरहरु कोपनहेगन,अम्स्टर्डम, भिएना आदिले त्यसरि नै आफ्नो साख, ईतिहाँस जोगाउदै आधुनिक सुबिधा उपलब्धा गराएक छन । यद्यपि शहरको व्यवस्थापन एक जटिल प्रक्रिया हुँदै हो जसमा धेरै पक्षहरू समावेश हुन्छन्।
स्थानीय, सरकार, नागरिक समाज, र विभिन्न सरोकारवालाहरूको सहकार्यमा मात्रै यो सम्भवछ। दीर्घकालीन दृष्टिकोणका साथ योजना बनाएर र कार्यान्वयन गरेर हामीपनि काठमाडौंलाई व्यवस्थित र विश्वा स्तरीय शहर बनाउन सक्छौं।
१८०० को मध्यतिर संयुक्त राज्य अमेरिकामा सुन खोज्ने लहर चलेको थियो। १८४८ मा क्यालिफोर्नियामा सुन भेटिएपछि देशभरबाट भाग्य खोज्नेहरू पश्चिमतिर लागेका थिए।यसले नयाँ बस्तीहरूको विकास, रेलवेको विस्तार, र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको थियो। त्यस्तै शैलिमा नेपालले करीब १ शताब्दी राम्रोनेता खोज्न अनेक आन्दोलन,ब्यबस्था परिवर्तनगर्यो तर अमेरिकाले सुन भेटे झै नेता भेटेन।
काठमाडौं: एकातिर प्राचीन सभ्यताको धरोहर, अर्कोतिर अस्तव्यस्तताको भाँडो। प्रश्न अनुत्तरित छ, काठमाडौंले आफ्नो पहिचान गुमाउँदैछ?वा, यसले पुनर्जन्म पाउँदै छ? के काठमाडौं सहर फेरिन सक्छ?
बालेन शाह एक संरचनात्मक इन्जिनियर भएको नाताले उनी काठमाडौंको भौतिक पूर्वाधारलाई कसरी हेर्छन् भन्ने कुरा हेर्न बाँकी छ। उनले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना भवनहरूको मर्मतसम्भार, र दिगो पूर्वाधार निर्माणमा कस्तो भूमिका खेल्न सक्छन् भन्ने कुराले उनलाई अहिले हुँदै गरेका कामबाट धेरै अघि लगेर ऐतिहासिक बनाउन सक्छ।
निओक्लासिकल सिटी र स्मार्ट सिटी दुवैलाई एकीकृत गर्दै सफल शहर विकास गर्न चुनौतीपूर्ण भएपनि यो सम्भवछ। यसका लागि विस्तृत योजना, स्थानीय समुदायको सहभागिता, र नवीन प्रविधिहरूको प्रयोग आवश्यक हुन्छ। अन्य सहरहरूबाट सिकेर र आफ्नो सन्दर्भअनुसार अनुकूलन गरेर हामीपनिआफ्नो सहरलाई एक सफल र दिगो शहर बनाउन सक्छौं।
सार्वजनिक यातायातको सुधार, फोहोर व्यवस्थापन, हरित क्षेत्रको विस्तार, र पर्यटन प्रवर्द्धन जस्ता विषयहरूमा उनको दीर्घ योजना कस्ता हुन्छ भन्ने कुरा अब गर्भमा राखिनु हुँदैन। बालेन शाहको नेतृत्वमा काठमाडौंले नयाँ अध्यायको सुरुवात गरेको छ।
उनको इन्जिनियरिङ पृष्ठभूमि र जनताप्रतिको समर्पणले काठमाडौंलाई एक समृद्ध र दिगो सहर बनाउने आशा जगाएकोछ। तर, चुनौतीहरू अझै बाँकी छन्। काठमाडौंलाई एक’सफल सहर’ बनाउनकोलागि सबै पक्षको सहयोग र समन्वय आवश्यक छ।
निओक्लासिकल सिटीले इतिहास, संस्कृति र परम्परागत शैलीलाई जीवन्त राख्ने प्रयास गर्दैगर्दा स्मार्ट सिटी प्रविधिहरू जस्तै स्मार्ट ग्रिड, सार्वजनिक यातायात प्रणाली, र स्मार्ट बिल्डिङहरूको प्रयोग गरेर शहरलाई अधिक कुशल र दिगो बनाउन बालेन केन्द्रीत हुनुपर्ने समय आएको छ।
निओक्लासिकल सिटी र स्मार्ट सिटी दुवैलाई एकीकृत गर्दै सफल शहर विकास गर्न चुनौतीपूर्ण भएपनि यो सम्भव छ। यसका लागि विस्तृत योजना, स्थानीय समुदायको सहभागिता, र नवीन प्रविधिहरूको प्रयोग आवश्यक हुन्छ। अन्य सहरहरूबाट सिकेर र आफ्नो सन्दर्भअनुसार अनुकूलन गरेर हामीपनि आफ्नो सहरलाई एक सफल र दिगो शहर बनाउन सक्छौँ।
सफल शहर विकास गर्नकालागि चुनौतीहरु छन नै र समाधानहरु पनि। जस्तै पुराना संरचनाहरूको संरक्षण पुराना घरहरू भएको क्षेत्रमा नयाँ संरचना निर्माण गर्दा ऐतिहासिक महत्वका संरचनाहरूलाई जोगाउनु !
भौगोलिक सीमा: साँघुरा गल्लीहरू भएको क्षेत्रमा आधुनिक सुविधाहरू जस्तै एम्बुलेन्स र दमकललाई पहुँच गराउन कठिन।
जनसंख्याको वृद्धि: बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्दै सबैलाई पर्याप्त आवास र सुविधा उपलब्ध गराउनु।
पुराना र नयाँ शैलीको मिश्रण: पुराना शैलीका घरहरू भएको क्षेत्रमा आधुनिक अपार्टमेन्टहरू निर्माण गर्दा सौन्दर्यको हिसाबले मेल खानुपर्ने हुन्छ। यस्तो अवस्थामा साँघुरा गल्लीहरूलाई फराकिलो बनाउने, नयाँ सडकहरू निर्माण गर्ने र अत्यावश्यक सेवाहरूकालागि पहुँच सडकहरू बनाउने जस्ता उपायहरू अपनाउन सकिन्छ।
त्यस्तै शहरको भूउपयोग योजना बनाउँदा ऐतिहासिक क्षेत्रहरूको संरक्षण र नयाँ विकास क्षेत्रहरूको पहिचान गर्नुपर्छ। स्मार्ट सिटी प्रविधिहरू जस्तै स्मार्ट ग्रिड, सार्वजनिक यातायात प्रणाली, र स्मार्ट बिल्डिङहरूको प्रयोग गरेर शहरलाई अधिक कुशल र दिगो बनाउन सकिन्छ।
काठमाण्डौ जस्तै अन्य सहरहरुले पनि पुरानो साख जोगाउदै नयाँको प्रयोग सफल मिश्रण गरेका छन ।जस्तै :
बार्सिलोना, स्पेन: बारसिलोनाले आफ्नो ऐतिहासिक केन्द्रलाई जोगाउँदै आधुनिक पूर्वाधार विकास गरेको छ।
कोपनहेगन, डेनमार्क: कोपनहेगनले साइकल प्रयोगलाई प्रोत्साहन गर्दै र सार्वजनिक यातायातलाई सुधार गरेर एक दिगो शहरको रूपमा स्थापित गरेको छ। मेलबर्न, अष्ट्रेलिया: मेलबर्नले कला, संस्कृति र जीवनशैलीलाई जोड दिँदै एक आकर्षक सहरको रूपमा विकास गरेकोछ।
अन्त्यमा २ कुरा,
काठमाडौं जस्तो सहरमा बालेनले आँट गर्नैपर्ने काम हो “यातायातको समस्या समाधान” । अब पुराना बस,माइक्रो, टेम्पुको जिम्मा छोडेर उम्किन पाईदैन,र, धान्दैन पनि ।यातायात समस्या समाधान गर्नकालागि ट्राम, मेट्रो वा लाईइट रेल ट्रान्जिट (एलाअरटि)जस्ता सार्वजनिक यातायातका साधनहरू निकै प्रभावकारी हुन सक्छन्।मेट्रोको तुलनामा ट्राम अलि कम खर्चिलो हुने हुनाले त्यो सोंच अबश्यै होला ।
ट्राम:
• स्थापना लागत तुलनात्मक रूपमा कम
• सडकको किनारैमा चल्ने भएकाले जमिन अधिग्रहणको समस्या कम
• ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि आकर्षक
काठमाडौंको भौगोलिक बनावट, जनघनत्व, सडकको अवस्था, आर्थिक अवस्था लगायतका विभिन्न पक्षहरूलाई ध्यानमा राखेर हेर्दा ट्राम नै तत्कालिन रुपमा उचित समाधान हुन सक्छ ।र,क्रमशः मेट्रो जस्तो क्षमतावान प्रणालीमा विस्तार गर्न सकिन्छ।
यसका लागि महानगर,सरकार, निजी क्षेत्र र स्थानीय बासिन्दाको सहकार्य आवश्यक छ।निर्माण, संचालन र हस्तान्तरण प्रणाली (BOT System) बाट पनि त्यस्तो परियोजना सञ्चालन गर्न बालेन साहले योजना गरेकै होलान । शुभकामना
बालेन अब लौरो मात्रैमा अडिने कि बलियो जग हुने, समयले बताउला ।
मेयर शाह अफूलाई हिन्दू-बौद्ध बताउँछन् ।धार्मिक विविधा हुँदाहुँदै एकार्का प्रति सम्मन र सहिष्णुता भएको नेपाली समाजका २ तिर्थ आराध्यदेव पशुपतिनाथ र बौद्ध गुम्ब फगत १. ७ किलोमिटरको दोलोरीमा अवस्थित छन ।हिडेरपनि २३ मिनटमा पुगिन्छ भन्छ, गुगल ।
त्यो क्षेत्रको कुनै लेन धार्मिक ब्याख्या, हिन्दू-बौद्ध धर्मका आदि-अन्त्य बताउने शिलालेख,महिमा वा बर्णन अङ्कित चित्र आदी के गर्दा पर्यटकिय क्षेत्र बन्छ ,त्यता सोचिदिए राम्रो हुने थियो । यसले धार्मिक मात्रै होइन पर्यटकको बसाइ अवधिपनि लम्बिने थियो।
Facebook Comment