बलिउडमा प्रतिबन्ध लागेपछि भारतीयलाई फकाउन मीका सिंहले गरे यस्तो फण्डा
मुम्बइ। बलिउड गायक मीका सिंहले पाकिस्तानमा गएर प्रस्तुती दिएपछि उनको तीब्र आलोचना भयो । चौतर्फी आलोचनासँगै उनलाई बलिउडमै प्रतिबन्ध लगाइयो । यही बीच मीका भारत फर्किएका छन् । भारत फर्किने क्रममा उनले बाधा बोर्डरमा एउटा भिडियो खिचेर ट्वीटरमा पोस्ट गरेका छन् । यो भिडियो उनको आलोचना गर्नेहरुलाई फकाउन पोस्ट गरिएको अनुमान गरिएको छ ।
Bharat Mata ki Jai! Thank you everyone for such a warm welcome. Happy Independence Day once again and salute to our jawans. They aren’t able to celebrate any festival, all to make our lives better. Jai hind.. pic.twitter.com/cY7lQx7VUw
— King Mika Singh (@MikaSingh) August 15, 2019
भिडियोमा मीकाले ‘भारत माता की जय’ भन्दै नारा लगाएका छन् । यो भिडियो मीका आफैंले भारतको स्वतन्त्रता दिवसको दिन शेयर गरेका छन् । यद्यपि उनको यो ट्वीटबाट सामाजिक संजालमा भारतीयहरु खुसी छैनन् । उनीहरुले यो ट्वीटको पनि आलोचना गरेका छन् ।
Facebook Comment