चलचित्र ‘रिजन अफ रिया’ मुहूर्तसंगै छायांकनमा

डिसी नेपाल
३१ साउन २०७६ १५:५८

काठमाडौं। धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ। चलचित्रको बिहीबार काठमाडौंको भद्रकाली मन्दिरमा शुभ–मुहूर्त गरियो। मुहूर्तसंगै बिहीबारबाटै चलचित्रको छायाँकन समेत सुरु गरिएको छ।

मिलन आले मगरको निर्देशन रहने चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई, मेनुका माझी लगायतको अभिनय रहनेछ।

काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ। काठमाडौंपछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने निर्देशक मिलनले जानकारी गराए।

चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह–निर्मातामा कुमारजंग कार्की रहेका छन्। करणसिंह बोहराको कथा रहेको चलचित्रमा देव महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, विकाश चौधरीको संगीत रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *