सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

डिसी नेपाल
३० कार्तिक २०८१ १२:५६

काठमाडौं। राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक बसिरहेकाे छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता शुरु भएको बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी छन्।

बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *