संसदमा प्रतिपक्षी दलका नेतालाई एचआईभी संक्रमित गर्ने प्रयास गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

डिसी नेपाल
३० कार्तिक २०८१ १३:२९

काठमाडौं । संसदमा प्रतिपक्षी दलका नेपालाई एचआईभी संक्रमित रगतबाट संक्रमण फैलाउने प्रयास गरेको आरोपमा भारतको कर्नाटकमा विशेष अनुसन्धान टोली (एसआईटी)ले एक प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । प्रहरी अधिकृत हाल हेब्बागोडी प्रहरी चौकीमा तैनाथ थिए । एसआईटी टोलीले उनीसँग थप सोधपुछ गर्दैछ ।

पुलिस इन्स्पेक्टर इयान रेड्डीले भाजपा विधायक मुनीरत्ना नायडू सँग मिलेर विधानसभामा विपक्षी दलका नेता आर अशोकलाई एचआइभी सङ्क्रमित रगतबाट सङ्क्रमण गर्ने प्रयास गरेको बताइएको छ । रिपोर्टका अनुसार इयान रेड्डी एक वर्षदेखि हेब्बागोडीमा तैनाथ थिए। यसअघि उनी पेनिया, राजगोपालनगर र यशवन्तपुर प्रहरी चौकीमा थिए । यी क्षेत्रहरू मुनिरत्नाको विधानसभा क्षेत्र अन्तर्गत पर्दछन्।

लामो समयदेखि एउटै क्षेत्रमा काम गरेका कारण प्रहरी निरीक्षक इयान रेड्डीको विधायकसँगको सम्बन्ध बलियो भएको स्रोतले जनाएको छ । मुनिरत्नाका नजिकका सहयोगीहरूको सोधपुछमा उनको नाम आएपछि एसआईटीले रेड्डीविरुद्ध अनुसन्धान सुरु गरेको थियो।

यस सम्बन्धमा पूर्व काउन्सिलर वेलु नायक्करले आफ्नो उपस्थितिमा प्रहरी निरीक्षक इयान रेड्डी र मुनिरत्नाले एक युवकलाई प्रलोभनमा पारेर आर. अशोकलाई एचआइभी सङ्क्रमित इन्जेक्सन लगाइदिन मनाउन खोजेको बताएका थिए । नायक्कर यसअघि मुनिरत्नाको सहयोगी रहिसकेका छन् । अहिले उनी मुनिरत्नसँग अलग भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *