किवानिज क्लव लर्डबुद्धको पद हस्तान्तरण, प्रेसिडेन्टमा रजौरे र प्रेसिडेन्ट एलेक्टमा बस्नेत
दाङ। किवानिज क्लव अफ लर्डबुद्धको बर्ष २०२४-०२५ को पद हस्तान्तरण कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ।
दाङको तुलसीपुरमा सम्पन्न कार्यक्रमबाट प्रेसिडेन्टमा नारायणी रजौरे र प्रेसिडेन्ट एलेक्टमा दामोदर बस्नेत (राकेश ) चयन भएका छ्न् भने अन्य पदाधिकारी र सदस्यहरुलाई पनि पदभार गरिएको छ। वर्ष २०२४÷२५ का निवर्तमान प्रेसिडेन्ट बंशीकुमार शर्माले पदभार ग्रहण गराएका थिए।
किवानिज क्लवका चाटर प्रिजिडेन्ट बंशीकुमार शर्माको अध्यक्षतामा तुलसीपुर शान्तिपार्क गणेशपुरमा सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा शर्माले क्लवको माईन्यूट बुक र जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा उपस्थित पत्रकारहरुको तर्फवाट नेपाल पत्रकार महासंघ दाङ शाखाकी सह सचिव दिप्तीशीखा चौधरीले शुभकामना दिएकी थिइन्। नारायणी रजौरेको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव दामोदर बस्नेत राकेशले गरेका थिए।
वर्ष २०२४-२५ का लागि प्रेसिडेन्टमा नारायणी रजौरे, प्रेसिडेन्ट एलेक्ट दामोदर बस्नेत राकेश, सेक्रेटरी प्रेम बिवस घर्ति , भाइस् सेक्रेटरी बिमल गौतम, ट्रेजर शुसिला शाह र भाइस् ट्रेजरमा लक्ष्मण केसी चयन भएका छन्।
त्यसैगरी मेम्वरहरुमा पदम ओली क्षेत्री, खम बुढा, चुडामणी न्यौपाने , रणेन्द्र बिक्रम केसी , ध्रुवराज न्यौपाने, दिपजंग केसी, हरिभक्त डागी, चुर्ण ओली, ललित पोख्रेल, छवि बस्नेत चयन भएका छन्।
कार्यक्रममा पत्रकार समाजसेवीहरुको उपस्थिति रहेको थियो। विश्वभरीका बालबालिकाको सेवा गर्ने उद्देश्यले स्थापना भएको किवानिज क्लवले बालवालिकका क्षेत्रमा कार्य गर्दै आएको छ।
समाजमा निःस्वार्थ समाज सेवा गर्ने’ उदेश्यले दाङ तुलसीपुरमा स्थापना भएको किवानिज लर्डबुद्धले समाज र समुदायमा रहेका विपन्न बालबालिकाको क्षमता अभिबृद्धि र स्वास्थ्यमा काम गर्दै आएको किवानीज चाटर प्रिजिडेन्ट बंशीकुमार शर्माले जानकारी गराए । उनले उक्त सेवामुलक कार्य गर्दा आत्मसन्तुष्टि र खुसी मिल्ने बताए ।
Facebook Comment