यी मानिसहरुले सरिफा चिया अवश्य पिउनुहोस्!

डिसी नेपाल
२ मंसिर २०८१ १२:०७

काठमाडौं। सरिफा, सलिफा, शरीफा, श्रीफल, रामफल, आँट अथवा आँटी, सिताफल आदि नामले चिनिने फल ट्रपिकल क्षेत्रको एक फल हो। नेपालमा यो जेठ–असार महिनामा पाक्छ। पाकेपछि यसको स्वाद गुलियो हुन्छ।

सरिफा धेरै रोगहरूको उपचार गर्न प्रयोग गर्न सकिन्छ। यसमा फाइबर, मिनरल्स, भिटामिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ।

यसको सेवनले ४ प्रकारका समस्याबाट छुटकारा पाउन सकिन्छ । यसलाई फलफूलको रुपमा वा चिया बनाएर सेवन गर्न सकिन्छ । सरिफा चिया रेसिपी र यसको पिउनुका फाइदाहरू बारे बताउनेछौं।

सामाग्रीः सिताफल चिया बनाउन ३–४ पात, १ कप पानी, मह वा चिनी (स्वाद अनुसार), १ चम्चा अदुवाको पेस्ट चाहिन्छ।

बनाउने विधिः सबैभन्दा पहिले १ कप पानी उमाल्नका लागि राख्नुहोस्, जब पानी उम्लिन्छ, त्यसमा कस्टर्ड स्याउको पातहरू हाल्नुहोस्। अब यसलाई ६-७ मिनेटको लागि उमाल्नुहोस्। यसपछि पानीलाई छानेर एक कपमा हालेर स्वाद अनुसार मह हाल्न सक्नुहुन्छ र यदि चाहानुहुन्छ भने अदुवाको पेस्ट पनि मिसाउन सक्नुहुन्छ । अब यसलाई चिया जस्तै चुस्की गरेर मजा लिनुहोस्।

सीताफल चियाका फाइदाहरू:
-सरिफामा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले तपाईंको शरीरलाई फ्री रेडिकलबाट बचाउँछ। कस्टर्ड स्याउमा पाइने काउरेनोइक एसिड, फ्लेभोनोइड्स, क्यारोटीनोइड्स र भिटामिन सी केही एन्टिअक्सिडेन्ट तत्व हुन् ।

-यो फल भिटामिन बी मा भरपूर छ। यस्तो अवस्थामा भिटामिन द्यट र द्यज्ञद्द को कमी भएका मानिसहरूले यो चिया पिउनुपर्छ। यसका अलावा डिप्रेसन जस्ता मानसिक अवस्थाबाट पीडितका लागि पनि यो चिया फाइदाजनक हुन्छ ।

-सरिफामा धेरै मात्रामा ल्युटिन हुन्छ । यस्तो अवस्थामा यो फल र यसको चिया कमजोर आँखा, मोतियाबिन्दु आदि समस्याबाट पीडितका लागि फाइदाजनक हुन्छ
। ल्युटिनको मात्रा राम्रो हुने मानिसहरुलाई आँखा सम्बन्धी समस्या कम हुन्छ ।

साथै, सरिफामा पोटासियम र म्याग्नेसियमको मात्रा उच्च हुन्छ, यी दुबै चीजहरूले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ। यो पिउनाले हृदय रोग र स्ट्रोकको जोखिम कम गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *