महान बक्सर माइक टाइसन युट्युबरसँग हारे
काठमाडौं । एक प्रसिद्ध बक्सिङ खेलमा दिग्गज बक्सर माइक टाइसन युट्युबरबाट बक्सर बनेका जेक पलसँग पराजित भएका छन्।
यो खेल टेक्सासमा भइरहेको थियो जुन स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण गरिएको थियो।
५८ वर्षीय टाइसन विगत १९ वर्षदेखि कुनै पनि व्यावसायिक खेलका लागि रिङमा प्रवेश गरेका थिएनन् । जबकि २७ वर्षीय पललाई बक्सिङमा उदीयमान व्यावसायिक बक्सरको रुपमा हेरिन्छ ।
दुई मिनेटको आठ राउन्डमा, पलले धेरै अवसरहरूमा टाइसनलाई हराए र धेरै सटीक मुक्काहरू लगाए ।
यस खेलमा टाइसन अलि ढिलो र थकित देखिन्थे। खेल सुरु हुनुअघि उनलाई नायकझैँ स्वागत गरिएको थियो तर खेल अन्त्यतिर लागेपछि त्यहाँ उपस्थित करिब ७० हजार दर्शकमा निराशा फैलिन थाल्यो ।
जजहरूले ८०-७२, ७९-७३ र ७९-७३ को स्कोरहरू घोषणा गर्नु अघि केही प्रशंसकहरू पहिले नै उठेर छोडिसकेका थिए। यो खेलका लागि पावलले ३ करोड पाउण्ड (५ अर्ब ११ करोड रूपैयाँ) पाउने छन् भने टाइसनले आधा पाउनेछन् ।
टाइसनको करियर उतार चढावले भरिएको छ। २० वर्षको उमेरमा उनले विश्व हेवीवेट च्याम्पियनसिप जिते र सन् १९९२ मा उनलाई बलात्कारको मुद्दामा ६ वर्षको जेल सजाय सुनाइयो। उनले तीन वर्षपछि जमानत पाए ।
Facebook Comment