स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा उम्मेदवारी दर्ता हुँदै

डिसी नेपाल
२ मंसिर २०८१ १४:३६

काठमाडौं। मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयर र रिक्त दुई वटा वडाध्यक्षका लागि अहिले मनोनयन धमाधम भइरहेको छ। नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा प्रमुखमा प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।

अगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मनोनयन दर्ता गराउने मिति आजका लागि तोकिएको थियो। कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जाने सहमति भएको छ।

माओवादीलाई कीर्तिपुरमा एकीकृत समाजवादीले सघाउने र काठमाडौं महानगरको वडा नं. १६ को वडा अध्यक्षमा एकीकृत समाजवादीलाई माओवादीले सघाउने सहमति भएको थियो । एकीकृत समाजवादीले काठमाडौंको वडा नं. १६ मा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *