एलन मस्कसँग आफ्ना अधिकारीको भेट भएको दाबीप्रति इरानले के भन्यो ?
काठमाडौं । इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्रका लागि इरानका राजदूतले यस हप्ता अमेरिकी अर्बपति एलन मस्कलाई भेटेको मिडिया रिपोर्टलाई अस्वीकार गरेको छ।
राज्य समाचार एजेन्सी इरनासँगको एक अन्तर्वार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भने – उनले “यी रिपोर्टहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछन् ।”
अन्तर्वार्ताका क्रममा उनले अमेरिकी सञ्चारमाध्यममा यस्तो समाचार प्रकाशित भएकोमा आश्चर्य व्यक्त गरे ।
यसअघि न्यूयोर्क टाइम्सले लेखेको थियो – मस्कसँगको यो भेट न्यूयोर्कमा इरानका राजदूत आमिर सईद इरावानीको घरमा भएको थियो । दुवैबीच इरान र अमेरिकाबीचको तनाव कम गर्ने विषयमा छलफल भएको थियो ।
न्युयोर्क टाइम्सले अमेरिकाको इरानसँग कूटनीतिक सम्बन्ध नभएको लेखेको छ । तर मस्कसँगको व्यक्तिगत भेटका कारण इरानी अधिकारीहरू कुनै पनि अमेरिकी अधिकारीसँग भेट्नबाट जोगिएका थिए ।
सञ्चारमाध्यमका अनुसार यो बैठकलाई व्यक्तिगत भेटका रूपमा लिइनेछ किनभने यो बैठक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि मस्कलाई चयन गर्नुभन्दा एक दिनअघि भएको थियो।
ट्रम्पले आफ्नो प्रशासनमा सरकारी दक्षता विभाग बनाउने कुरा गरेका छन् र यसका लागि मस्कलाई रोजेका छन् ।
यस विभागको काम सरकारी खर्च कटौती गर्ने सम्भावनाहरू खोज्ने हो। यस विषयमा ट्रम्पका प्रवक्ता स्टिभन चेउङले भनेका थिए, ‘हामी निजी बैठकबारे टिप्पणी गर्न सक्दैनौं।’
Facebook Comment