चीनमा २१ वर्षीय युवकले गरेको चक्कु आक्रमणमा आठ जनाको मृत्यु, १७ घाइते
काठमाडौं । चीनको वुशी सहरको एक कलेजमा चक्कु प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार साँझ ६:३० बजे उक्सीको यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स भोकेशनल एण्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी २१ वर्षीय पुरुषको थर शु रहेको खुलेको छ ।
उक्त व्यक्ति यही कलेजमा पढ्थे र उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गरेको बताइएको छ । साथै, इन्टर्नसिपको पैसा कम पाएकोले पनि उनी आक्रोशित थिए । सुले आक्रमण गरेको स्वीकार गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment