यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
३ मंसिर २०८१ ७:४७

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ। कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ।

यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, भारतीय मेवा ४० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार लोकल सानो गोलभेडा ६० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १३०, रातो आलु ७५ रूपैयाँमा कारोबार हुदाँ स्थानीय काउली १००, लौका ५०, कागती १४०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ७०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ६०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी ११० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ७० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ५० र रायोको साग ३०० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज १२०, हरियो प्याज ९० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *