धन होइन, मनले जीवन बाँचौं

गंगा न्यौपाने
३ मंसिर २०८१ १२:००

जीवन-जगत बुझ्न खोज्नेहरूले मानवता जागृत आनन्दमय जिन्दगी बाच्न सकिन्छन्। यसको सार वैदिक वागमयमा निहित छ। सबैभन्दा पुरानो ऋग्वेद हो। ऋग्वेद र अन्य धर्म ग्रन्थको निचोड पनि आनन्दमय जीवन सर्वोत्कृष्ट हो भन्ने नै छ।

पछिल्लो समय मानिसमा मानवता अभाव देखिन्छ। हराउँदै गएको मानवता कायम गर्न नैतिक शिक्षा आवश्यक देखिन्छ। नैतिक शिक्षाले जीवन-जगतको महत्त्व बुझाउँछ। यो महत्त्व नबुझी आनन्दमय जीवन बाँच्न सम्भव छैन।

मानिसका लागि धनभन्दा महत्त्वपूर्ण स्वास्थ्य हो। तर, पछिल्लो समय मानिस स्वास्थ्यको प्रवाह नगरी धनको पछि दौडिरहेका छन्। यसले स्वास्थ्य बिग्रिँदै गएको छ। स्वास्थ्य बिग्रिएपछि पछुताउनुभन्दा पहिले नै सतर्क अपनाउनु बुद्धिमत्ता हो।

‘समय कसैलाई पर्खंदैन, बगेको खोला फर्कंदैन’ यस उखानको सन्देश सबैले बुझ्न जरुरी छ। धनले औषधि किन्न सकिन्छ, स्वास्थ्य किन्न सकिँदैन। स्वस्थ शरीरले मात्र धन कमाउने क्षमता राख्छ। जीवन जोखिममा हुँदा धनको केही अर्थ रहँदैन। त्यसैले स्वास्थ्य नै धन हो।

स्वस्थ जीवनका लागि सरल जीवनशैली र सन्तुलित आहार आवश्यक हुन्छ। नियमित सन्तुलित र स्वच्छ भोजन ग्रहणले स्वच्छ र ऊर्जाशील जीवन जिउन सकिन्छ। हामीले भोजनसँगै दिनचर्यामा पनि उत्तिकै ध्यान दिनुपर्छ। सुत्ने र उठ्ने समय, शारीरिक व्यायामलगायत विभिन्न कुरामा ध्यान दिनुपर्छ।

भौतिक सुख सुविधा क्षणिक हुन्। तर, मानसिक आनन्द जीवन्त हुन्छ। त्यसैले मानव जीवनको महत्त्वलाई धनसँग तुलना गर्नु हुँदैन। धन केवल भौतिक वस्तु हो। यसले जीवनलाई सहज बनाउन मद्दत गर्छ। तर, जीवन आफैँ अमूल्य छ, यसको मूल्य कुनै धनद्वारा तोक्न सकिँदैन। मानव जीवन ईश्वरको उपहार हो।

मनलाई प्रफुल्लित राख्न सकारात्मक भाव राख्ने पैदा गरिराख्नुपर्छ। आफू पनि हाँस्ने र अरूलाई खुसी राख्ने व्यवहारले शरीरमा ऊर्जा प्राप्त हुन्छ। दैनिक घरमा गरिने नित्यकर्म, शौचालय व्यवस्थापन, घर र कोठाको सरसफाइले जीवनमा ठूलो प्रभाव पार्दछ।

ध्यान-जप, पूजाआराधना गरी मनलाई शान्त तुल्याउनुपर्छ। यी सबै कर्म नियमसंगत गर्न सके स्वस्थ जीवन बाँच्न सकिन्छ। र, स्वास्थ्य मानिसले मनग्य धन आर्जन गर्न सक्छ। हामीले यस्तो जीवन बाँच्न सकेनौं भने रोगी भएर स्वास्थ्य गुमाउनुका साथै रोग र ऋण बोकेर बाँच्नुपर्छ।

सुख भोगका लागि धेरै पैसा कमाउनुपर्छ भन्ने मानसिकता अन्त्य गरी सन्तुलित कर्म गरे शान्ति प्राप्त गर्न सक्छौं। पैसा किन कमाउने? प्रश्न जागृत हुनु स्वाभाविकै हो। राम्रो खान, लगाउन, धेरै पढ्न, राम्रो घर बनाउन र रमाउन धेरै पैसा कमाउने उत्तर हुनसक्छ। माथि उल्लेखित सुविधा कम पैसामा नै प्राप्त गर्न सकिन्छ।

बस्न, खान, लगाउन, पढ्न, स्वास्थ्य जीवन जिउन र परोपकारी कार्य गर्न आवश्यक धन आर्जन गर्ने र आध्यात्मिक ज्ञानबाट नयाँ खोज गरी त्यसको सदुपयोग गर्न सके शान्ति साथ विकास र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।

पढ्ने समयमा खेल्ने, खेल्ने समयमा सुत्ने, खाने समयमा पढ्ने, डुल्ने, सुत्ने समयमा जाग्ने, अखाद्य बस्तु सेवन गर्ने बानी मानव स्वास्थ्यको नियम विपरीत हुन्छ। यसले शारीरिक र मानसिक स्वास्थ्य समस्या आउँछ। स्वास्थ्य अनियन्त्रित हुँदा हामीले कष्ट पाउँछौं। कष्ट भोग्नुभन्दा समयमै ध्यान दिएर स्वस्थ जीवनशैली अपनाउनु नै बुद्धिमत्ता हुन्छ।

भौतिक सुख सुविधा क्षणिक हुन्। तर, मानसिक आनन्द जीवन्त हुन्छ। त्यसैले मानव जीवनको महत्त्वलाई धनसँग तुलना गर्नु हुँदैन। धन केवल भौतिक वस्तु हो। यसले जीवनलाई सहज बनाउन मद्दत गर्छ। तर, जीवन आफैँ अमूल्य छ, यसको मूल्य कुनै धनद्वारा तोक्न सकिँदैन। मानव जीवन ईश्वरको उपहार हो।

यसलाई जोगाउन र संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। धन गुमायौं भने फेरि कमाउन सकिन्छ। तर, जीवन गुमायो भने कहिल्यै फर्किंदैन। धनले केही समयका लागि साथ दिन्छ। तर, स्वस्थ जीवन मृत्यु पर्यन्तको सारथि हो। धनलाई प्राथमिकता दिएर मानव जीवनलाई बेवास्ता गरियो भने पछुताउनुको विकल्प छैन। धन महत्त्वपूर्ण छ। तर, जीवनसँग तुलना गर्न सकिने वस्तु होइन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *