भारतको हाइपरसोनिक मिसाइलको सफल परीक्षण
काठमाडौं । भारतले नोभेम्बर १६ मा ओडिशाको डा. एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ।
रक्षामन्त्री राजनाथ सिंहले पनि एक्स-पोस्टमार्फत भारतलाई यस उपलब्धिको लागि बधाई दिएका छन् ।
भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिँदै रक्षामन्त्री राजनाथ सिंहले लेखे, “भारतले ओडिशाको डा. एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको छ।”
रक्षामन्त्रीले लेखेका छन्, ‘यो ऐतिहासिक क्षण हो र यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्त्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ। म यस अद्भुत उपलब्धिको लागि टिम डीआरडीओ र सशस्त्र बलहरूलाई बधाई दिन्छु।’
Facebook Comment